काठमाडौं, १९ पुस । लामो समयदेखि श्रम
सम्झौता नगरी कामदार जाने गरेको साउदीमा
बल्ल नेपाल सरकारले श्रम सम्झौताको प्रक्रिया
अघि बढाएको छ ।
श्रम सम्झौता नगरी कामदार वैदेशिक
रोजगारीमा जाँदा आर्थिक, शारीरिक र
मानसिक शोषणमा पर्ने घटना वृद्धि भएपछि श्रम
सम्झौता गर्नुपर्ने दबाब खेपिरहेको साउदी
सरकारले सहमित जनाउँदै यही पुस २७ र २८ गते
नेपाली टोलीलाई साउदी बोलाएको छ ।
श्रम सम्झौतालाई टुंगोमा पुर्याउन साउदी
सरकारले मिति तय गरेर नेपाली टोली
बोलाएपछि श्रम तथा रोजगार र परराष्ट्र
मन्त्रालयका सहसचिव सम्मिलित प्राविधिक
टोली रियाद जाने तयारीमा जुटेको समाचार
नागरिक दैनिकले छापेको छ ।
साउदीमा हुने दुवै देशका प्राविधिक टोलीले
छलफल गरेपछि श्रम सम्झौताको अन्तिम मिति तय
हुने कार्यक्रम छ ।
साउदीसँग श्रम सम्झौता, नेपाली कामदारलाई सहयोग मिल्ने....
Posted by Unknown
Posted on 6:12 PM
with No comments
Related News you might like to see :
Labels:
World
0 comments:
Post a Comment