सोल, २२ पुस । उत्तर कोरियाले बुधबार हाइड्रोजन
बम सफलतापूर्वक परीक्षण गरेको समाचारले
विश्वव्यापीरुपमा तरङ्ग पैदा गरेको छ ।
उसको यो घटनाको विश्वव्यापीरुपमा निन्दा
गरिएको छ भने छिमेकी देश दक्षिण कोरियाले
यसबाट उत्पन्न हुनसक्ने सुरक्षाको प्रश्न उठाएको छ
।
दक्षिण कोरियाले यस बम परीक्षणपछि आवश्यक
कदमका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा
परिषद्लाई आग्रह पनि गरेको छ । दक्षिण
कोरियाका राष्ट्रपतिले उक्त घटनाको कडा
शब्दमा विरोध गर्नुभएको छ । उहाँले यसले
एसियामा मात्र नभएर संसारकै सुरक्षामाथि पनि
प्रश्न उठाउनुभएको छ ।
राष्ट्रपतिको कार्यालयद्वारा प्रकाशन
गरिएको विज्ञप्तिमा उत्तर कोरियाको यो
आणविक होडको गल्तीलाई दक्षिण कोरिया एवम्
संसारको कुनै पनि देशले स्वीकार गर्न नसक्ने
बताइएको छ ।
हो नै भन्न सकिन्न–संयुक्तराज्य अमेरिका
उक्त बम परीक्षणको समाचारलाई संयुक्त राज्य
अमेरिकाले भने हो नै भनेर भन्न नसकिने प्रतिक्रिया
दिएको छ । अमेरिकी सरकारले प्रकाशन गरेको
विज्ञप्तिमा यसलाई उत्तर कोरियाको
उत्तेजनामा आएर दिएको अभिव्यक्ति पनि हुनसक्ने
जनाएको हो ।
हामीले यी हल्लाहरुलाई अहिले नै विश्वास गर्न
सक्दैनौँ तर पनि यस्ता कुनै पनि किसिमको
हिंसात्मक कामलाई सबैले निन्दा गर्नुपर्छ–ह्वाइट
हाउसको राष्ट्रिय सुरक्षा सल्लाहकारको
कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको
छ ।
अमेरिकाले विश्व समुदायले निशस्त्रिकरणका
लागि उत्तर कोरियालाई आग्रह गर्दागर्दै पनि बम
नै परीक्षण गर्नु भनेको राष्ट्रसङ्घीय सुरक्षा
परिषदको शान्तिसम्बन्धी प्रस्तावको उल्लङ्घन हो
भनेको छ ।
सुरक्षा परिषद्को आकस्मिक बैठक बस्दै
यस बम परीक्षणसम्बन्धी विषयमा छलफलका लागि
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को आकस्मिक
बैठक बस्ने भएको छ ।
सो परिषद्ले तत्कालै आकस्मिक बैठकबसी उत्तर
कोरियाको यस कदमको कडा शब्दमा विरोध गर्ने
भएको जनाएको छ । उत्तर कोरियाको हाइड्रोजन
बम परीक्षणसम्बन्धी यस घटनाले परिषद्को
निशस्त्रिकरणसम्बन्धी नीतिको उल्लङ्घन गरेको छ
।
पन्ध्र सदस्यीय यस परिषद् संयुक्त राष्ट्रसङ्घको
शक्तिशाली निकाय हो ।
चीनको पनि विरोध
उता चीनले पनि उत्तर कोरियाको यस कार्यको
विरोध गरेको छ । चीनले यस घटनाको विरोध
गरेको समाचार चिनियाँ सरकारी समाचार
समिति सिन्ह्वाले जनाएको छ ।
सिन्ह्वाले भनेको छ, ‘चिनियाँ विदेशमन्त्रालयले
बुधबार प्रकाशन गरेको विज्ञप्तिमा सो
हाइड्रोजन बम परीक्षणसम्बन्धी’ कार्यको विरोध
गरेको छ ।
चीन पनि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को
स्थायी सदस्य राष्ट्र हो । रासस/सिन्ह्वा/
एएफपी
Home »
amazing world
,
World
» उत्तर कोरियाको हाइड्रोजन बम परीक्षणपछि विश्वव्यापी तरङ्ग, चीनको पनि विरोध...
उत्तर कोरियाको हाइड्रोजन बम परीक्षणपछि विश्वव्यापी तरङ्ग, चीनको पनि विरोध...
Posted by Unknown
Posted on 4:05 AM
with No comments
Related News you might like to see :
Labels:
amazing world,
World
0 comments:
Post a Comment