यदि कसैले आफ्नो फेेसबुकमा १ हजार भन्दा बढि साथी छन् भनेर दाबी गर्छ भने सम्भवतः उसले तपाइँसँग झुटोे बोलिरहेको
हुनुपर्छ । तपाइँले पनि आफ्नो फेसबुकमा सयौँ साथीहरु छन् भनेर तुजुक देखाउनुहुन्छ होला र कतिले त साथी बनाउन सकिने
फेसबुकको सीमाना पुगिसकेको हुँदा अब नयाँ साथी बनाउन नसक्ने भएकाले आफ्नो फेसबुक पेज लाइक गर्नका लागि फेसबुक
मार्फत नै आव्हान गरिरहेका हुन्छन् । फेसबुकमा धेरै साथी छन् भनेर घमण्ड गर्नेहरुका लागि एउटा अनुसन्धान रिपोर्टले चट्कन
दिएको छ । वास्तवमा फेसबुकमा धेरै साथी छन् भनेर फुर्ति नगरे हुने भएको ।
किनकी फेसबुकमा तपाइँले बनाउने वास्तविक साथीहरुको संख्या भनेको बढिमा केवल २ सय मात्र रहेछ ।
पछिल्लोपटक गरिएको एक रोचक अध्ययनले सोसल नेटवर्किंग साइटका प्रयोगकर्ताहरुले यस्ता साइटमा बनाउने वास्तविक
निकट साथीहरुकोे संख्या २ सय भन्दा पनि कम हुने देखाएको छ । सोसल साइटमा वास्तविक साथी बनाउने मामिलामा
पुरुषको तुलनामा महिला अगाडि देखिएका छन् ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक मनोविज्ञ रोबिन डन्बारले नियमित रुपमा सामाजिक संजाल
प्रयोग गर्नेहरुमा विभिन्न २ वटा सर्भेक्षण गरे । त्यसक्रममा पहिलो समूहमा फेसबुकमा हुने औषत साथीहरुको संख्या १५५ पाए
भने अर्को समूहको औषत साथी संख्या १८३ पाए ।
दुबै नमूनाहरुमा पुरुषको तुलनामा महिलाहरुको फेसबुकमा वास्तविक वा निकट साथीहरुको संख्या बढि रहेको देखियो ।
पहिलो समूहमा महिलाहरुका वास्तविक फेसबुके साथीहरुको औषत संख्या १६६ हुँदा पुरुषको १४५ थियो भने दोश्रो समूहका
महिलाहरुको फेसबुके साथीको ओषत संख्या १९६ हुँदा पुरुषका साथीको संख्या १५७ मात्र थियो । त्यस्तै अपेक्षाकृत रुपमै
पूरानो पूस्ताका मानिसहरुको फेसबुके साथीको संख्या नयाँ पुस्ताका मानिसको भन्दा कम रहेको पाइयो ।
शोधकर्ताका अनुसार सोसल साइटले प्रत्यक्ष भेटघाटको अभावमा समयक्रमसँगै मित्रतामा आउने फाटोलाई घटाउनका
लागि सहयोग गर्ने गरेको छ ।
तर लामो समयसम्म पनि प्रत्यक्ष भेटघाट हुन सकेन भने फेसबुकको मित्रता केवल औपचारिकतामा सिमिति हुने र उक्त साथीसँग
वास्तविक मित्रता हराउने शोधकर्ताको ठम्याइ छ ।
शोधकर्ता डेन्बरका अनुसार एक मित्रले अर्को मित्रलाई प्रत्यक्ष भेटघाट गरी एकले अर्काको आँखा हेर्नु मित्रतालाई प्रगाढ
बनाउनका लागि महत्वपूर्ण हुन्छ ।
शोधकर्ताले एकजना मानिसले कतिजना अन्य मानिससँग दहि्रलो मित्रता कायम गर्न सक्छ भन्ने एउटा सिद्धान्त नै
प्रतिपादन गरेका छन् । उक्त सिद्धान्तलाई सोसल ब्रेन हाइपोथेसिस भनिएको छ । यस अनुसार हाम्रो मस्तिष्कले विभिन्न
बहुआयामिक मित्रवत सम्वन्धहरुलाई प्रोसेसिंग गर्ने क्रममा १ सय देखि २ सय जना वास्तविक मित्रको समूह छुट्टाउँछ ।
अर्थात् हाम्रो मस्तिष्क २ सय जनाभन्दा बढि मानिससँग वास्तविक मित्रता कायम गर्न असमर्थ हुन्छ । २ सय जना भन्दा
बढिसँग वास्तविक मित्रता राखिराख्न हामीसँग समय पनि हुँदैन ।
सामाजिक संजालको प्रयोगले मानिसले धेरै भन्दा धेरै साथीहरु बनाउन सक्ने र प्रत्यक्ष भेटघाट वा कुराकानी गरिरहनु
नपर्दा धेरैजनासँग मित्रता कायम राख्न सकिने अनुमान धेरैको हुन्छ । फेसबुकमा सयौँ साथीहरु बनाएका पनि हुन्छौँ हामीले
। तर फेसबुकमा आफुसँग साथी बनेका सबै फेसबुकेहरु तपाइँका वास्तविक साथी नहुने तथ्य डन्बारको अध्ययनको पुष्टि गरेको छ
।
उनले के सोसल मिडियाको प्रयोगले हामीले धेरै साथी बनाउन सक्छौँ त भन्ने कुरा पत्ता लगाउनका लागि ३३ सय जना
मानिसमा अध्ययन गरे ।
पहिलो समूहका फेसबुकेहरुले आफ्ना फेसबुक साथीहरु मध्ये केवल २८ प्रतिशत मात्र वास्तविक वा खास साथी रहेको बताए ।
फेसबुकले निकै धेरै साथी भएकाहरुको पनि वास्तविक साथीहरुको औषत संख्या उत्ति नै रहेको पाइयो ।
फेसबुकमा २ सय भन्दा बढि साथी बनाउनु असम्भव
Posted by Unknown
Posted on 9:19 PM
with No comments
Related News you might like to see :
Labels:
World
0 comments:
Post a Comment