Home » » दैनिक एक चम्चा जिरा खाँदा तीन गुणा कम हुन्छ तौल...

दैनिक एक चम्चा जिरा खाँदा तीन गुणा कम हुन्छ तौल...

जिरा एउटा यस्तो मसला हो जसले खानालाई मिठो र बास्नादार बनाउँछ । यसको उपयोगिता केवल खानामा मात्र सिमित नभई यसको थुप्रै स्वास्थ्य लाभ पनि छन् । थुप्रै रोगको औषधीको रुपमा यसलाई प्रयोग गरिन्छ  । जिरामा म्याग्निज, म्याग्नेसियम, क्याल्सियम, जिंक र फस्फरसजस्ता तत्व पाइन्छ । यसलाई नेपाललगायत मेक्सीको, भारत र उत्तर मेरिकामा धेरै प्रयोग गरिन्छ । यसको विशेषता के छ भने यसले तिव्र रुपमा तौल घटाउन मद्दत गर्दछ ।

जिरा खानुहोस्, मोटोपन घटाउनुहोस्ः
एक ताजा अध्ययनका अनुसार जिरा पाउडरको सेवने शरिरमा बोसोको अवशोषण कम हुने गर्दछ जसका कारण स्वभाविक रुपमा तौल कम गर्न सहयोग गर्छ । एक ठूलो चम्चा जिरा एक ग्लास पानीमा भिजाएर रातभरी राख्नुहोस् । बिहान यसलाई उमाल्नुहोस् र तातो चियोजस्तै पिउनुहोस् । बचेको जिरा पनि चपाउनुहोस् ।

यसको दैनिक सेवनले शरिरको कुनै पनि कुनामा रहेको अनावश्यक बोसोलाई बाहिर निकाल्न मद्दत गर्छ । ध्यानमा राख्नुहोस् कि यो पानी पिएको एक घण्टासम्म केही पनि नखानुहोस् । हिंग, बिरे नुन र जीरा समान मात्रामा लिएर चूर्ण बनाउनुहोस् । यसलाई १–३ ग्रामको मात्रामा दिनमा दुई पटक दहीसँगै खाँदा पनि मोटोपना कम हुने गर्दछ । यसको सेवनले शरिरमा अनावश्यक बोसोलाई कम गर्नुका साथै रक्तसंचार पनि राम्रो हुन्छ । यसले कोलेस्ट्रोललाई पनि कम गर्दछ ।

यी कुरामा पनि ध्यान दिनुहोस्ः
यो औषधीको सेवन पछि रात्री अरु केही खाना नखानुहोस् । यदि कोही व्यक्ति धुम्रपान, मद्यपान गर्छन्, माछा–मासुको सेवन गर्छन् भने यी कुराहरुलाई छोड्दा नै औषधीले फाइदा पुर्याउँछ । बेलुकीको खाना खाएको कम्तिमा पनि दुई घण्टा पछि औषधीको सेवन गर्नुहोस् ।

जिराले हाम्रो पाचन प्रणालीलाई राम्रो बनाएर हामीलाई उर्जावान् राख्छ । यसका साथै हाम्रो रोग प्रतिरोधी क्षमतालाई पनि बढाउने गर्दछ  । यसले उर्जाको स्तरलाई पनि बढाउने गर्दछ र मेटाबोलिजमको स्तरलाई पनि बढाउँछ । हाम्रो पाचन प्रणाल्ीलाई राम्रो बनाउँदै फ्याट बर्नको गतीलाई पनि बढाउँछ । पेटसँग सम्बन्धित सबै प्रकारको समस्यालाई जिराको सेवन लाभकारी हुन्छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved