Home » , » खाडी मुलुकमा राजनीति नगर्न कामदारलाई चेतावनी, केहीको रोजगारी खतरामा

खाडी मुलुकमा राजनीति नगर्न कामदारलाई चेतावनी, केहीको रोजगारी खतरामा

काठमाडौं, १९ पुस । खाडी मुलुकमा समेत गएर
‘राजनीतिक गतिविधि’ गर्न थालेपछि त्यहाँ
कार्यरत नेपालीहरूको रोजगारी गुम्ने खतरा बढेको
छ ।
विभिन्न बहानामा संगठित हुने र आफू निकट
दललाई सघाउन लेबी उठाउनेजस्ता कार्य गरेपछि
त्यहाँको सरकारको आँखामा नेपालीहरू परेका हुन्

हरेक राजनीतिक दलले कतार, साउदी अरब, कुवेत,
ओमान, बहराइनलगायत देशमा गोप्य रूपमा संगठन
विस्तार गर्दै आएको समाचार कान्तिपुर दैनिकले
छापेको छ ।
रोजगारीमा गएकाबाट रकम उठाउने र त्यहाँ
नेताहरू गएर भाषण गर्ने गरेकामा ती मुलुकले
अनौपचारिक रूपमा असन्तुष्टि व्यक्त गर्दै आएका छन्

यस्ता गतिविधि आफ्नो देशमा पाएपछि उनीहरूले
ध्यानाकर्षण गराएको परराष्ट्र मन्त्रालय उच्च
स्रोतले बतायो । खाडीमा १० लाखभन्दा बढी
नेपाली कार्यरत छन् ।
‘नेपालीहरू कुनै न कुनै राजनीतिक दलसँग नजिक रहने र
आफ्नो दललाई सहयोग गर्न वा आफू निकट नेतालाई
घुमाउन भए पनि संगठित भएर पैसा उठाउँछन् ।
दैनिक नेपाल बाट।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved