१९ पुस, काठमाडौं । नयाँ वर्षको आरम्भसँगै चिनियाँ
राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको विषयले
पुनः चर्चा पाएको छ । तिब्बत रेलमार्ग
काठमाडौंसम्म विस्तार गर्ने, तेलको पाइपलाइन जोड्ने
लगायत केही महत्वपूर्ण विषयमा भइरहेको गृहकार्य
निष्र्कर्षमा पुग्यो भने नेपाल चीन सम्बन्धमा ‘ब्रेक थ्रु’
हुने गरी राष्ट्रपति सी जिनपिङको भ्रमण आयोजना
गर्न बेइजिङले तयारी थालेको नागरिक दैनिकमा खबर
छ ।
बेइजिङमा गत साता विदेशमन्त्री तहमा भएको
दुईपक्षीय वार्तामा उच्चस्तरीय भ्रमणको विषयले
निकै महत्व पाएको थियो । चीनले प्रधानमन्त्री केपी
ओलीलाई चाँडै चीन भ्रमण गर्न आमन्त्रण गरेको छ भने
चीनबाट पनि उच्चस्तरीय भ्रमण हुने प्रतिबद्धता
आएको छ।
पेट्रोलियम पदार्थको व्यापारीक कारोबारका
लागि पहल गर्ने र केही अन्य मुद्दामा छलफल गर्ने
सामान्य तयारीमा बेइजिङ पुगेको उपप्रधानमन्त्री
तथा परराष्ट्रमन्त्री कमल थापाको टोली दुई देशबीच
दीर्घकालीन आर्थिक सम्बन्ध विस्तारको
खाकासहित फर्केको छ ।onlinekhabar बाट।
Home »
Nepali News
» चिनियाँ राष्ट्रपति सी
जिनपिङ नेपाल आउने
चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउने
Posted by Unknown
Posted on 6:17 PM
with No comments
Related News you might like to see :
Labels:
Nepali News
0 comments:
Post a Comment