Home » , » मैले मोदीजीलाई नेपालले बेहोरेको समस्याबारे भनेको छु : स्वामी रामदेव

मैले मोदीजीलाई नेपालले बेहोरेको समस्याबारे भनेको छु : स्वामी रामदेव

पुस २२, २०७२- स्वामी
रामदेवले नेपालमा जारी
नाकाबन्दीको स्थिती नेपाल–भारत
सम्बन्धमा सहज कुरा नभएको भन्दै यो
बाधा/अवरोध हटाउन आफूले भारतीय
प्रधानमन्त्री नरेन्द्र मोदीसहित
शीर्षस्थ नेताहरुलाई आग्रह गरिसकेको
बताएका छन् ।
हरिद्वारस्थित पतन्जली योगपीठको
२१ औं वार्षिकोत्सवका अवसरमा
नेपालबाट आमन्त्रित अतिथि नेपाली
कांग्रेसका नेता रामचन्द्र पौडेलसँग
कुराकानी गर्दै रामदेवले रोटीबेटी
सम्बन्धमा अडिएको नेपाल–भारत
सम्बन्धमा पछिल्लो समयमा देखिएको
समस्यामाथि चिन्ता प्रकट गरेका थिए

पतन्जली योगपीठ, नेपालका ट्रष्टि
शालिग्राम सिंहका अनुसार स्वामी
रामदेवले नेपाल मामलालाई लिएर
प्रधानमन्त्री मोदी, गृहमन्त्री राजनाथ
सिंह र प्रधानमन्त्रीका सुरक्षा
सल्लाहकार अजित डोबलसँग पटकपटक
कुराकानी गरेको जनाउ दिएका छन् ।
'अहिले देखिएको प्रतिकुल स्थिति
छिट्टै अनुकुल बन्ने ठानेको छु,' रामदेवको
भनाइ उद्घृत गर्दै सिंहले भने, 'नाकाबन्दी
लम्बिनु ठीक होइन ।'
योगपीठको वार्षिकोत्स्व पुरा गरेर
मंगलबार साँझ दिल्ली उत्रिएका नेता
पौडेल र ट्रष्टि सिंहले बुधबार विदेश
मन्त्री सुषमा स्वराजसँग भेटवार्ता
गर्दैछन् ।
सिंहका अनुसार बुधबारै भारतीय जनता
पार्टीका महासचिव राममाधव र
बिहीबार गृहमन्त्री राजनाथ सिंह तथा
सुरक्षा मामला सल्लाहकार अजित
डोबलसँग भेटवार्ता हुने निश्चित भएको
छ । नेता पौडेल बिहीबार राती
काठमाडौं फिर्नेछन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved