एजेन्सी । चर्चित प्रस्तोता डिजे जिम्मी सेभिलका यौन दुव्र्यवहारबारे बिबिसीका कर्मचारीहरु विज्ञ भए पनि डरका कारण शीर्ष व्यवस्थापन लाई त्यसबारे जानकारी नदिइएको एक स्वतन्त्र अनुसन्धानबाट खुलेको छ ।
उच्च अदालतका पूर्वन्यायाधीश डेम जेनेट स्मिथले छानबिनका क्रममा सेभिलबाट यौन दुव्र्यवहार गरिएका ७२ जना पीडितको पहिचान गरेका छन् । जसमध्ये ८ जनामाथि त बलात्कारै भएको थियो । डेम जेनेटको प्रतिवेदनअनुसार अर्का प्रस्तोता स्टुवार्ट हलबाट यौन दुव्र्यवहार खेप्नेचाहिँ २१ जना भेटिएका छन् । उनको त्यस्तो व्यवहारबारे पनि बिबिसीमा व्यवस्थापन जानकार थियो ।
बिबिसी ट्रष्टका अध्यक्ष रोना फेयरहेडले संस्था पीडितहरुको रक्षा गर्न असमर्थ भएको प्रतिक्रिया दिएकी छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
बिबिसी भित्रै ४० वर्षसम्म यौन दुव्र्यवहार गुपचुप !
Posted by Unknown
Posted on 6:53 PM
with No comments
Labels:
amazing world,
World
0 comments:
Post a Comment