Home » , » जुकरबर्गले फेसबुकमा जे पायो त्यही पोष्ट नर्गनुहोस् भनेपछि आलोचना सुरु

जुकरबर्गले फेसबुकमा जे पायो त्यही पोष्ट नर्गनुहोस् भनेपछि आलोचना सुरु


काठमाडौँ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकमा मनलाग्दी कुरा पोष्ट नर्गन सुझाव दिएका छन् । जर्मनीको बर्लिनमा आयोजीत एक कार्यक्रममा फेसबुकका प्रमुख जुकरबर्गले आप्रवासीप्रति अपमानजनक शब्द प्रयोग गर्न नहुने भन्दै फेसबुक प्रयोगकर्तालाई सुझाएका हुन् ।
सो कार्यक्रममा उनले भने आप्रवासीप्रति सम्मान व्यक्त गरौँ न की उनीहरुको अपमान हुने गरी कसैले कुनै अभिव्यक्ति नदिऔँ । यसैबिच मार्कले दिएको अभिव्यक्तिलाई लिएर जर्मनीमा फेसबुकको आलोचना सुरु भएको छ ।
जर्मनीले सामाजिक संजाललाई भन्दा कानुनलाई पहिलो प्राथमिकता दिने बताइरहेको छ । केही महिनायतादेखि युरोपमा आप्रवासीको मात्रा बढ्दै गएपछि त्यस विरोधी भावना विकसित हुँदै गएको बिबिसीले उल्लेख गरेको छ । एजेन्सीको सहयोगमा

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved