Home » » चुनाव हारेका व्यक्तिले गरेको मधेस आन्दोलनको कुनै अर्थ छैनः सुजाता

चुनाव हारेका व्यक्तिले गरेको मधेस आन्दोलनको कुनै अर्थ छैनः सुजाता

सल्यान, २२ पुस । नेपाली काँग्रेसकी नेत्री
सुजाता कोइरालाले तराईमा भइरहेको
आन्दोलनको कुनै अर्थ नभएको बताउनुभएको छ ।
जनाधार गुमाएका व्यक्तिले गरेको आन्दोलनमा
तराईकै जनताले साथ नदिएकाले आन्दोलन
प्रभावहीन बन्दै गएको उहाँको दाबी थियो ।
प्रेस युनियन सल्यानले आज आयोजना गरेको
पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “संविधानले
सबैका अधिकारलाई समेटेको छ, बाँकी विषय पनि
संशोधन प्रस्तावले समेटेकाले यसमा खोट लगाउने
ठाउँ छैन ।”
नेपाली जनताको हित र विकासमा कुनै अदृश्य
शक्तिले षडयन्त्र गरिरहेको आरोप लगाउँदै नेत्री
कोइरालाले सबै दल एक भएर मात्र संविधान ल्याउन
सफल भएको दाबी गर्नुभयो ।
आगामी महाधिवेशनमा तपार्इँको उम्मेदवारी के
हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले
आफूले सभापतिका लागि गृह जिल्ला पुगेर
उम्मेदवारीको घोषणा गर्ने बताउनुभयो । “अहिले
कार्यकर्ता भेटघाटमा छु, कार्यकर्ताको सुझावकै
आधारमा सभापतिका लागि उम्मेदवारी दिन्छु”–
नेत्री कोइरालाले भन्नुभयो ।
पार्टीभित्र देखिएको विभिन्न गुट उपगुट आसन्न
महाधिवेशनबाट समाप्त भएर जाने दाबी गर्दै उहाँले
भन्नुभयो, “सधैँ एउटैले नेतृत्व गर्ने भन्ने हुँदैन नेतृत्व
हस्तान्तरण गरेपछि पार्टीभित्रको गुट समाप्त हुन्छ
।” रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved