काठमाडौं । अभिनेत्री रेखा थापाका पूर्व पति छविराज ओझा फेरि एक्लिएका छन् । उनले औधि मनपराउने नायिका शिल्पा पोखरेल अर्कैसँग सल्किएपछि छवि चकित परेका हुन् ।
यतिसम्मकी शिल्पाले नर्बेमा बस्दै आएका एनआरएन विनोद कार्कीसँग विहे गर्न लागेकी छिन् । यो समाचार थाहा पाएपछि छवि मुर्छित परेको स्रोतको भनाइ छ ।
युवती चाहर्ने बानिका कारण दिक्क भएकी रेखाले छाडेपछि छविले शिल्पालाई भित्र्याएका हुन् । शिल्पाका लागि छविले ठूलाठूला फिल्म पनि बनाए । तर ती फिल्महरूले कमाउन सकेनन् । अहिले छवि शिल्पाका कारण आर्थिक संकटमा रहेको कलाकारहरूले बताउने गरेका छन् ।
शिल्पा र एनआरएन विनोदवीच हालै इञ्गेजमेन्ट भएको पारिवारिक स्रोतले जनाएको छ । मोरङ स्थायी घर भएकी शिल्पाका पूर्वपतिले छाडेपछि उनी फिल्म खेल्नेभन्दै काठमाडौं भित्रिएकी हुन् । शिल्पाको यो दोसो औपचारिक विहे हुन लागेको हो ।
काठमाडौंमा भएको एनआरएन सम्मेलनमा आएका विनोदसँग शिल्पाको हिमचिम भएको थियो । शिल्पा र विनोदवीच छिट्टै विहे हुनेछ ।
शिल्पाले आफ्नो विहेको हल्लाका विषयमा खण्डन पनि गर्ने गरेकी छिन् । उनले आफ्ना साथीहरूसँग तत्काल विहे गर्ने कुनै योजना नरहेको बताउने गरेको स्रोतका भनाइ छ ।
हरेक कार्यक्रममा छविसँगै देखिने शिल्पाले नेपाली फिल्ममा खासै चमत्कार देखाउन भने सकिनन् । उनलाई छविको नामसँग जोडेर फाइदा भए पनि फिल्मी करियर भने डब्बा भएको भनाइ छ ।
दैनिक नेपाल डट कमबाट
Home »
Entertainment
» रेखाका पूर्वपति फेरि एक्लिए, शिल्पा अर्कैसँग……
रेखाका पूर्वपति फेरि एक्लिए, शिल्पा अर्कैसँग……
Posted by Unknown
Posted on 9:30 PM
with No comments
Labels:
Entertainment
0 comments:
Post a Comment