Home » » बिभागकाे पत्रले मेनपावरमा रूवावासी : र्पूवका अधिकांस मेनपावरहरु बन्द : काठमाण्डौ केन्द्रित आन्दोन गर्ने

बिभागकाे पत्रले मेनपावरमा रूवावासी : र्पूवका अधिकांस मेनपावरहरु बन्द : काठमाण्डौ केन्द्रित आन्दोन गर्ने

इटहरी , १६ फागुन –
नेपाल सरकारको स्वामित्वमा रहेका बैदेशिक रोजगार बिभागले मुलुकभर रहेका बैदेशिक रोजगार कम्पनीमा आवद्ध एजेन्टहरु खारेज गर्ने प्रस्ताव अघी सारेपछि पुर्वका अधिकांस मेनपावर ब्यवसाय अनिश्चितकालका लागि ठप्प बनेका छन । पछिल्लो समय आ आफ्नो मेनपावरहरु बन्द गरी काठमाण्डौ केन्द्रित आन्दोलन चर्काउने योजना बनाउदै अधिकांस मेनपावर ब्यवसायीहरु क्ेन्द्रीय बिभागमा जम्मा हुन थालेका छन ।
बैदेशिक रोजगार बिभागले गरेको एजेन्ट ब्यवस्था खारेजी बिरुद्ध पूर्वाञ्चल क्षेत्रमा रहेका मेनपावर ब्यवसायीहरु आ आफ्नो ब्यवसाय बन्द गराई काठमाण्डौ केन्द्रीत भई आन्दोलन र्चकाउने ब्यवसायीहरुलेनै बताउदै आएका छन । केन्द्रीय र्कायालयको अनुमती बेगर कार्यालयहरु स्थापना गरी आर्थिक कारोबार गर्दै ठगिधन्दालाई प्रसय दिइरहेको भन्दै रोजगार बिभागले पूर्वाञ्चल लगायत मुलुकभर रहेका शाखाहरु बन्द र्गन सम्बन्धित कार्यालयहरुलाई पत्रचार गरेको थियो ।
पूर्वाञ्चल क्षेत्रमा २ हजारको हाराहारीमा मेनपावर कम्पनीका शाखाहरु सञ्चालन हुदै आएका छन जस मध्ये १ सय २१ले मात्र बैधानिकता पाएका छन भने बाकीका सबै अबैध रहेका छन ।
बिभागको केन्द्रीय कार्यालयले शाखाहरु खारेज गर्न सम्बन्धित कार्यालयहरुलाई पत्राचार गरेपछि हाल धरान , इटहरी , बेलबारी , र्उलावारी , दमक , झापा , इलाम लगायतका मेनपावर शाखाहरु ठप्प भएका छन भने त्यस्का सञ्चालकहरु काठमाण्डौ केन्द्रीत हुन थालेका छन ।
बिभागले शाखाहरुमा खरेजीको पत्र पठाइदिदा लाखौ लगानी डुब्ने संकेत देखेपछि मेनपावर ब्यवसायीहरुले बिभागको र्निणय खारेजीको माग गर्दै आन्दोलन चर्काउने योजना बनाएका हुन । बैदेशिक रोजगार ऐन अनुसार कुनै पनि शाखाहरुले कार्यालय खोलेर आर्थिक कारोबार गर्न नपाउने ब्यवस्था उल्लेख छ तर पूर्वाञ्चल क्षेत्रमा रहेका मेनपावरका शाखाहरुले भब्य कार्यालय खोली आर्थिक कारोबारसंगै ठगि धन्दालाई प्रसय दिदै आएका छन ।
यता बैदेशिक रोजगार ब्यवसायी संघ सुनसरीका अध्यक्ष भक्त लामासंग सम्पर्क र्गदा उनले बिभागले गरेको निर्णय तत्काल फिर्ता गर्नुपर्ने अन्यथा केन्द्रमै बसेर आन्दोलन चर्काउने बताए । आन्दोलनकै निमित्त सुनसरी , मोरङ्ग र झापाका ब्यवसायीहरु काठमाण्डौ केन्द्रीत हुन थालीसकेको र बिभागले आफनो निर्णय खारेज नगरे आन्दोलन र्चकाउने मेनपावर ब्यवसायी संघ सुनसरीका अध्यक्ष लामाले बताए ।
उनले ठगि गर्ने मेपावरहरुलाई कार्वाही गर्नै पर्ने तर काठमाण्डौमा रहेका प्रधान कार्यालयहरुने ठगि धन्दामा ब्यस्त रहेको बताए । उनले केन्द्रीय कार्यालयहरुमा भएको ठगी धन्दा रोक्नुपर्नै तर शाखा खारेजी र्गदा आफुहरुको लाखौ लगानी डुब्ने बताए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved