Home » » मधेसको समस्या समाधान गर्न सरकार गम्भीर नभए अकल्पनीय आन्दोलन: यादव

मधेसको समस्या समाधान गर्न सरकार गम्भीर नभए अकल्पनीय आन्दोलन: यादव


२५ फागुन, रौतहट । सङ्घीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेसको समस्या समाधान गर्न सरकार गम्भीर नभएको अारोप लगाएका छन् ।
सोमबार सदरमुकाम गौरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मधेसको समस्या सम्बोधन गर्न ध्यान नदिए मुलुक अप्ठ्यारो स्थितिमा पुग्ने भएकाले समयमै ध्यान दिन सरकारलाइ अाग्रह गरे ।
उनले सरकारसँग वार्ताको नाममा हालसम्म ठोस उपलब्धि हासिल नभएको भन्दै सरकारको यही रवैया रहेमा अब देशमा अकल्पनीय आन्दोलन हुने बताए । यादवले संविधान पुनर्लेखन नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारे ।
विगत लामो समयसम्म चलेको मधेस आन्दोलनको स्वरुप परिवर्तन भएको बताउँदै अध्यक्ष यादवले पहाड, हिमाल र तराईलाई समेटी आन्दोलन गर्ने तयारी भइरहेको बताए

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved