Home » » रोनाल्डो र मेसीमा को उत्कृष्ट भन्ने विवादमा एकको हत्या

रोनाल्डो र मेसीमा को उत्कृष्ट भन्ने विवादमा एकको हत्या


फागुन २४ - फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी मध्ये को उत्कृष्ट भन्ने विवादमा भारतमा एक फुटबल समर्थकको हत्या भएको छ ।
नाइजेरियाली नागरिक २१ वर्षे मिचेल चुक्वामाको भारतको मुम्बईमा हत्या भएको हो । मिचेललाई उनकै साथी ३४ वर्षे ओबिना डुरुम्चुक्वाले छुरा रोपेर हत्या गरेको मुम्बई प्रहरीले जनाएको छ । ‘उनीहरुबिच मेसी र रोनाल्डोमा को उत्कृष्ट भन्ने विवाद भएको थियो’ मुम्बई प्रहरीका एक अधिकारीले भने ‘त्यो विवाद बढ्दै गएपछि हत्या भएको हो ।’विवादका क्रममा मिचेलले ओबिनलाई गिलासले हानेका थिए । गिलासले लाग्दा चोट लागेपछि आक्रोशमा आएका ओबिनले मिचेलमाथि छुरा घोपेको प्रहरीले जनाएको छ ।
अहिले स्पेनिस क्लव बार्सिलोनाबाट खेल्दै आएका अर्जेन्टिनी मेसी ५ पटकका बालोन डिओर विजेता हुन् । पोर्चुगलका ३१ वर्षे रोनाल्डोले भने विश्वको उत्कृष्ट फुटबलरले पाउने बालोन डिओर ३ पटक मात्र जितेका छन् । मेसीभन्दा २ वर्ष जेठा रोनाल्डो स्पेनिस क्लव रियल मड्रिडका स्ट्राइकर हुन् ।Ujyaaloonline बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved