नयाँ दिल्ली- छिमेकी चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान ट्वान्टी–२० विश्वकपमा शनिबार आमने–सामने हुदैछन्। आणविक शक्तिसम्पन्न दुई देशका समर्थकले शनिबार हुने खेलका लागि सामाजिक सञ्जालमा विपरित देशको समर्थनमा पोस्ट गरेका छन्।
क्रिकेटमा पागल बन्ने दुवै देशका समर्थकले फेसबुकमा अर्को देशको समर्थनमा पोस्ट गरेका हुन्। भारतीय समर्थकले आफ्नो 'प्रोफाइल पिक्चर' मा पाकिस्तानको रंग प्रयोग गरेका छन् भने पाकिस्तानी समर्थकले भारतको रंग प्रयोग गरेका छन्।
उनीहरुले फेसबुकमा 'ह्यासट्याग' प्रयोग गरेर 'प्रोफाइलफरपिस' को लहर चलाएका छन्। पाकिस्तानी टोलीको सुरक्षा व्यवस्थालाई लिएर भएको विवाद टुंगिएसँगै शनिबार कोलकाताको इडेन गार्डेन रंगशालामा खेल तय भएको हो।
फेसबुका प्रमुख मार्क जुकरबर्गले यो अभियानबाट आफू अचम्मित भएको बताए।
'अहिले भारत र पाकिस्तानबाट फेसबुकमा जे भइरहेको छ त्यो निकै चाख लाग्दो छ,' जुकरबर्गले भने, 'लाखौं भारतीय क्रिकेट समर्थकले प्रोफाइल पिक्चरमा पाकिस्तानी फ्रेम प्रयोग गरेका छन भने पाकिस्तानका समर्थकले भारतको।'
मुम्बईका कलाकार राम सुब्रमन्यमले पाकिस्तानी रंगको प्रयोग गर्दै 'भारतीय र पाकिस्तानी जनताबीच जुन सौहार्दता छ त्यो सरकारमा पनि हुने आशा गरेको छु' भनेर लेखेका छन्। 'भारत र पाकिस्तानबीच संवाद हुनु आवश्यक छ। कति वर्ष सम्म यो द्वन्द्व लम्वाउने?' ३७ वर्षे सुब्रमन्यमले लेखेका छन्।
पाकिस्तानका कप्तान सहिद अफ्रिदीले भारतमा खेल्दा आफूले पाकिस्तानमा भन्दा धेरै माया पाउने प्रतिक्रिया दिएपछि सामाजिक सञ्जालमा यस्तो लहर चलेको हो।
मुस्लिम समुदायको बाहुल्य रहेको पाकिस्तान र भारतबीच १९४७ देखी तनाव रहँदै आएको छ। २००८ को मुम्बई आक्रमणपछि भारतले पाकिस्तानसँग खेल्न वन्द गरेको थियो।
लाहोरका वकिल इसानुल्लाह शाहले शान्तिलाई प्रोत्साहन गर्नका लागि 'पोफाइल पिक्चर' परिवर्तन गरेको बताए।
'भारतमा मेरा थुप्रै साथीहरु छन्। हामीबीच सौहार्दपूर्ण सम्बन्ध छ,' ३० वर्षे शाहले भने, 'दुई देशबीचमा पनि शान्ती कायम होस भन्ने मेरो चाहना हो। क्रिकेटले हामीलाई शान्तिका लागि पहल गर्ने यो मौका दिएको।'
Nagarik News बाट
भारत र पाकिस्तानी समर्थक एक-अर्काको पक्षमा
Posted by Unknown
Posted on 9:49 PM
with No comments
Labels:
sports
0 comments:
Post a Comment