एजेन्सी: जो रूटले ४४ बलमा ८३ रनको धमाकेदार पारी खेलेपछि टी २० विश्व कपको रोमाञ्चक भिडन्तमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाकालाई २ विकेटले हराउँदे विश्वकपको सबैभन्दा ठूलो जित निकालेको छ ।
दक्षिण अफ्रिकाकाले दिएको २३० रनको लक्ष्यलाई इंङ्ग्ल्यान्डले ८ विकेट गुमाउँदै २ बल पहिले नै भेट्टाएको हो । टी २० विश्व कपमालक्ष्य हासिल गरिएको यो सबैभन्दा ठूलो रेकर्ड हो ।
रूटले ४४ बलमा छ चौका र चार छक्काको मद्दतमा ८३ रन बनाउँदै दक्षिण अफ्रिकाको ‘रनको सगरमाथा ’ ध्वस्त बनाउने कामको सुत्रधार बने ।
यसअघि किङ्टोन डिकक, हसिम अमला र जेपी डुमिनीको अर्धशतकीय पारीको मद्दतले दक्षिण अफ्रिकाले चार विकेट गुमाउँदै २२९ रन बनाएका थिए ।
इङ्ग्ल्यान्डको यो जीत टी२० क्रिकेट विश्व कपको इतिहासमा लक्ष्यको पिछा गर्दै सबैभन्दा ठूलो र टी २० क्रिकेटको दोस्रो ठूलो जीत हो ।
यो भन्दा ठूलो लक्ष्य पछ्याउन सफल भएको रेकर्ड वेस्टइन्डिजको नाममा छ । उसले जनवरी २०१५ मा दक्षिण अफ्रिकाकै जोहानिसबर्गमा छ विकेटमा २३६ रन बनाएर दक्षिण अफ्रिकालाई नै पराजित गरेको थियो ।
विशाल लक्ष्यको जवाफमा इङ्ग्ल्यान्डको शुरूआत एकदमै आक्रामक रह्यो । उसले तेस्रो ओभरमै ४८ रन बनाएको थियो ।
ओपनर जासन रायले १६ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा ४३ रन बनाउँदै इङ्ग्ल्यान्डको जितको आधार बनाए । एलेक्स हेल्सले सात बलमा १७ रन र बेन स्टोक्सले ९ बलमा १५ रन बनाए । त्यसपछि रूटले पटरीबाट उत्रन लागेको इङ्ल्यान्डको कमानी सम्हाले ।
रूट पारीको १९ औं ओभरमा छक्का लगाउने प्रयासमा रबाडाको बलमा बाउन्ड्रीमा मिलरको हातबाट समातिए । त्यो बेला इङ्ग्ल्यान्लाई १० बलमा ११ रननको जरुरी थियो ।
अघिल्लो ओभरको पहली बलमा क्रिस जोर्डन ५ रन र दोस्रोमा डेभिड भिले शून्यमै आउट भएपछि आएका मोईन अलीले जीतको रन बनाउने औपचारिकता पूरा गरे ।
यसअघि दक्षिण अफ्रीकाका लागि अमलाले ३१ बलमा ५८ रन बनाउँदा डिकाकले पनि २४ बलमा ५२ रन ठोके । डुमिनी २४ बलमा ५४ रन बनाउँदै नटआउट रहे । जबकि डेभिड मिलरले ११ बलमा २४ रनको पारी खेले । दुबैले २७ बलको अटुट साझेदारीमा ६० रन बनाएका थिए ।
विकेटकिपर बल्लेबाज डिकाकलै आफ्नो पारीमा तीन छक्का र सात चौका हाने । अमलाले पनि ३१ बलको आफ्नो पारीमा तीन छक्का र सात चौका नै हाने । दक्षिण अफ्रिकाले केबल ७.१ ओभरमा ९६ रन बनाएको थियो ।
त्यसपछि डुमिनील तीन छक्का र तीन चौका हाने । दक्षिण अफ्रीकाले आफ्नो सर्वोच्च र उसको इतिहासमा २ सय भन्दा बढीको तेस्रो स्कोर बनायो । मिलरले आखिरी बलमा आफ्नो पारीको दोस्रो छक्का हाने ।
इङ्ग्ल्यान्डका कुनै बलर चल्न सकेनन् । स्पिनर मोईन अलीले ३४ रन दिएर दुई विकेट लिए जबकि आदिल रसिदले २५ रन दिएर एक विकेट झारे ।
इङ्ग्ल्यान्डका कप्तान ईयोन मोर्गनले पहिले ब्याटिङका लागि पठाइएको दक्षिण अफ्रीकी टीमले शुरुबाटै आक्रामक पारी खेल्यो । पहिलो ओभरमा डेभिड विलेले केबल दुई रन दिए तर दोस्रो ओभरमा रिके टोपलेले १५ रन दिए ।
विलेको अघिल्लो ओभरमा १६ रन बन्यो । दक्षिण अफ्रीकाको स्कोर पाँचौ ओभरको आखिरीमा बिनाकुनै नोक्सान ७२ रन थियो । पावरप्लेको आखिरी ओभरमा ११ रन बन्यो । दक्षिण अफ्रीकाले पहिलो छ ओभरमा बिनाकुनै नोक्सान ८३ रन बनाएको थियो ।
डिकाकले आफ्नो अर्धशतक केबल २१ बलमा पुरा गरे । उनी मोईन अलीको बलमा डीप मिडविकेटमा क्याच दिएर फर्के ।
त्यसपछि रनको गति रोक्नका लागि स्पिनर आदिल रसिदलाई ल्याइयो । एबी डिभिलियर्सले उनलाई लगातार दुई छक्का हाने तर तेस्रो बलमा उनी मोर्गनलाई क्याच दिएर हिँडे ।
अम्लाले २५ बलमा अर्धशतक पूरा गरे । १० ओभरपछि दक्षिण अफ्रिकाको स्कोर दुई विकेटमा १२५ रन थियो । अमलालाई अलीले पेभेलियन फर्काए । दक्षिण अफ्रिकाले अन्तिम पाँच ओभरमा थप ६३ रन बनाएको थियो ।
अन्नपूर्ण पोस्ट्बाट
चुनौतीको पहाड पन्छाउँदै इङ्ल्यान्डको रेकर्ड जित
Posted by Unknown
Posted on 7:00 PM
with No comments
Labels:
sports
0 comments:
Post a Comment