काठमाडौं, चैत ५ । भारतमा जारी विश्वकप ट्वेन्टी–२० क्रिकेटमा अहिले अष्ट्रेलिया र न्यूजिल्यान्ड भिडिरहेका छन् ।
धर्मशालामा जारी खेल विजयका लागि अष्ट्रेलियाले १ सय ४३ रनको चुनौती पछ्याउँदै छ ।
टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले आक्रामक सुरुआत गरेपनि त्यसलाई निरन्तरता दिन नसकेपछि ८ विकेटको क्षतिमा १ सय ४२ रनमै
समेटिएको हो ।
पहिलो विकेटका लागि ६१ रनको साझेदारी भएपनि सोही लयलाई पकड्न नसक्दा न्यूजिल्यान्ड उच्च योगफल बनाउनबाट चुकेको हो ।
अष्ट्रेलियाले जारी विश्वकपमा पहिलो खेल खेलिरहेको छ भने न्यूजिल्यान्डले पहिलो खेलमा भारतलाई हराएको थियो ।
Imagekhabar बाट
अष्ट्रेलियाविरुद्ध न्यूजिल्यान्ड १४२ रनमै समेटियो
Posted by Unknown
Posted on 4:05 AM
with No comments
Labels:
sports
0 comments:
Post a Comment