Home » » ८ सय ३६ मिनेटसम्म गोल हुन नदिने किपर

८ सय ३६ मिनेटसम्म गोल हुन नदिने किपर


फागुन २४ – इटालियन सिरीको शीर्ष स्थानमा रहेको युभेन्टसले उत्कृष्ट प्रदर्शन कायम राखेलको छ । युभेन्टस लगातार १८ खेलमा अपराजित रहेको छ । सिरी ए अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टसले आटलान्टालाई २–० ले हरायो । युभेन्टसका लागि २४ औं मिनेटमा आन्द्रेए ब्रजाली र ८६ औं मिनेटमा मारियो लेमिनाले गोल गरे । जितपछि लिगका १० खेल बाँकी हुँदा युभेन्टसले दोस्रो स्थानको नापोलीसँग
तीन अंकको दूरी कायम गरेको छ । युभेन्टसको २८ खेलबाट ६४ तथा नापोलीको सामान २८ खेलबाट ६१ अंक छ । पछिल्ला १३ खेलमा जित निकाल्न नसकेको आटलान्टा २८ खेलबाट ३० अंकसहित १५ औं स्थानमा छ । युभेन्टसका गोलरक्षक गियानलुइगी बुफेनले सिरी एमा सन् १९९४ पछि सबै भन्दा धेरै समय गोल हुन नदिने कीर्तिमान बनाएका छन् । उनले सिरी एमा ८ सय ३६ मिनेट गोल रक्षकको रुपमा रहँदा गोल हुन दिएका छैनन् । यसअघि सन् १९९३/९४ को सिजनमा एसी मिलानका गोलरक्षक सेबास्टियानो रोसीले ९ सय २९ मिनेटसम्म आफ्नो पोस्टमा गोल हुन दिएका थिएनन् । युभेन्टसका बुफेन त्यो कीर्तिमान तोड्ने क्रममा छन् ।
– Ujyaaloonline बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved