Home » » सामूहिक बलात्कारको सिकार भएकी नर्सको अश्लील भिडियो भाईरल भएपछि…...

सामूहिक बलात्कारको सिकार भएकी नर्सको अश्लील भिडियो भाईरल भएपछि…...

एजेन्सी । उत्तर प्रदेशको मुजफ्फरनगर जिल्लामा एक
महिलासँग सामूहिक बलात्कारपछि उनको
अश्लील भिडियो भाइरल भएको छ ।
जसका कारण पीडा सहन नसकेर ती पीडित
महिलाले आत्महत्या गरेकी छिन् । घटना मुजफ्फरनगर
जिल्लाको छपार थाना क्षेत्रको हो । जहाँ
छपरा गाउँस्थित स्वास्थ्य केन्द्रमा सीता (नाम
परिवर्तन) नर्स पदमा कार्यरत थिईन् । उनी यसै
गाउँमा बस्दै आएकी थिईन् । सोमबार गाउँकी एक
गर्भवती महिलाको स्वास्थ्य अवस्था खराब भयो
र उनकै परिवारका साथ नर्स शहरको अस्पताल
गएकी थिईन् ।
जब उनी फर्किएर गाउँ पुगिन् तब रात परिसकेको
थियो । यसैकारण गर्भवती महिलाका श्रीमानले
नर्स सीतालाई उनकै घरसम्म छोडनका लागि सँगै गए
। त्यही बेला बाटोमा पुरुषका साथी पनि भेटिए
। त्यसपछि सबै मिलेर नर्स सीतालाई एक सुनसान
ठाउँमा पुगेपछि पालैपालो सामूहिक बलात्कार
गरे ।
यति मात्रै होइन् बलात्कारसँगै उनीहरुले सीताको
अश्लील भिडियो पनि बनाए । त्यसपछि उनलाई
धम्की दिएर घर पुगाइयो । घटनाको दोस्रो दिन
आरोपिहरुले नर्स सीतालाई फेरि फोन गरेर
बोलाए । तर, सीता नआएपछि उनको अश्लील
भिडियो सार्वजनिक गर्ने धम्की दिए ।
तैपनि सीता आइनन् । त्यसपछि आक्रोशित पुरुषहरुले
उनको भिडियो व्हाट्सएपबाट सार्वजनिक
गरिदिए । जून अहिले भाइरल बनेको छ । यो कारण
शारीरिक र मानसिक पीडा सहन नसकेर सीताले
मंगलवार बेलुका विष सेवन गरेर आत्महत्या गरेको
प्रहरीले जनाएको छ ।
सीता विवाहित महिला थिइन् । उनका
ससुरालीले घटनाबारे छपार थानामा उजुरी दर्ता
गराएका छन् । प्रहरी पीडित महिलाको अश्लील
भिडियो पनि जाँच गरेको छ । आरोपीहरु फरार
छन् । उनीहरुलाई प्रहरीले खोजीरहेको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved