Home » » विमलको गोलमा नेपालले श्रीलंकासँग बदला लियो

विमलको गोलमा नेपालले श्रीलंकासँग बदला लियो


२९ पुस, काठमाडौं । विमल घर्ती मगरको गोलको मदतमा नेपालले बङबन्धु कप फुटबलमा श्रीलंकालाई पराजित गरेको छ ।

श्रीलंकालाई १-० ले पराजित गर्दै नेपालले साफ च्याम्पियनसिपमा व्यहोरेको हारको बदाला समेत लिएको छ । साफ च्याम्पियनसिपमा श्रीलंकाले नेपाललाई पराजित गरेको थियो ।

ढाकामा भएको खेलमा नेपालका लागि विमलले निर्णायक गोल गरे । उनले दोस्रो मिनेटमा नै गोल गरेका थिए ।

खेलमा थप गोल हुन सकेन र नेपाल १-० ले विजयी भयो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved