काठमाडौं, फागुन २६ । आज खण्डग्रास सूर्यग्रहण लागेको छ । बिहान ५ बजेर ५७ मिनेट जाँदा सूर्यग्रहणको स्पर्श भए पनि नेपालमा ६ बजेर २२ मिनेटमा सूर्योदय भएकाले त्यसपछि मात्रै ग्रहण देखिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
ग्रहणको मध्यकाल बिहान ६ बजेर २७ मिनेटमा भई ७ बजेर २ मिनेटमा मोक्ष भएको थियो । ज्योतिष डा. सुनिल सिटौलाका अनुसार ग्रहण लाग्द चन्द्रमा पुर्वभाद्रपदा नक्षत्र कुम्भ राशीमा भ्रमण गर्नेछ ।
जसलाई आधार बनाएर फल बताउदा पुर्वभाद्रपदा नक्षत्र एवम कुम्भ राशी भएका व्यक्तीहरुलाई अति कस्ट पुग्न सक्छ । यस्तो समयमा दान दक्षिणा, इश्वर आराधना गर्नु पर्छ ।
अन्य राशीहरुका लागि भने मेषलाई लाभ, बृषलाई सुख, मिथुनलाई मान नाश, कर्कटलाई कष्ट, सिहंलाई स्त्रिपिडा, कन्यालाई सुख, तुलालाई चिन्ता, बृश्चिकलाई व्याथा, धनुलाई श्रीप्राप्ती, मकरलाई क्षति, कुम्भलाई घात र मिनराशीलाई व्यय फल प्राप्त हुने डा. सिटौलाले जानकारी दिए ।
धार्मिकमान्यता अनुसार ग्रहणको समयमा मैथुन, भोजन गर्नु हुँदैन । त्यस्तै सुत्नु एवम गर्भवती महिला बाहिर निस्कनु हुँदैन । साथै ब्रम्हाण्डमा पनि अशुभ रहेको ज्योतिषहरुको अनुमान छ ।
Home »
Nepali News
» आज सूर्यग्रहण लाग्यो, ग्रहण लाग्दा कुन राशीलाई कस्तो असर –
आज सूर्यग्रहण लाग्यो, ग्रहण लाग्दा कुन राशीलाई कस्तो असर –
Posted by Unknown
Posted on 9:01 PM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment