Home » » ओली सरकारलाई टक्कर दिने राजावादीको घोषणा, राजसंस्था फर्काउन हतियार उठाउने...

ओली सरकारलाई टक्कर दिने राजावादीको घोषणा, राजसंस्था फर्काउन हतियार उठाउने...


काठमाडौं, २९ पुस । राजसंस्था र हिन्दू धर्म
पुनःस्थापनाको माग गर्दै आन्दोलन गरिरहेको
राष्ट्रिय जनसंघर्ष मोर्चाले केपी ओली नेतृत्वको
सरकार ढाल्ने चेतावनी दिएको छ ।
उसले सोमबार पृथ्वीनारायण शाहको जन्म
जयन्तीका अवसरमा शान्तिपूर्ण जुलुसमा वर्तमान
गणतन्त्रवादी सरकारले अमानवीय लज्जास्पद एवं
कारयतापूर्ण प्रहरी हस्तक्षेप गरेको भन्दै अबको
आनदोलन ओली सरकारलाई टक्कर दिनेखालको
कडा हुने बताएको छ ।
मंगलबार एक विज्ञप्ति जारी गरी मोर्चाका
संयोजक श्याम प्रसाद तिमिल्सनाले राजसंस्था र
हिन्दूधर्म फर्काउन ज्यानको बलिदानी समेत दिन
तयार रहेको घोषणा गरेका छन् । उनले भनेका छन्-
‘मोर्चाको तेस्रो चरणको आन्दोलन यो
सरकारलाई टक्कर दिने हुनेछ । हामीले अब हामी
शान्तिपूर्ण मात्र होइन दमनको प्रंतिकार गर्ने
शक्ति सहित तेस्रो चरणको आन्दोलन गर्ने छौं ।
यसबाट पनि हाम्रो माग पुरा नभए र दमन गरिए
शसस्त्र आन्दोलनमा समेत उत्रने घोषणा गर्दछौं ।’
यस्तो छ मोर्चाद्धारा जारी विज्ञप्ति
जस्ताको तेस्तैः
पुष २७ गतेश्री ५ बडामहाराजाधिराज
पृथ्वीनारायण शाहको २९४ औं जन्मजयन्तिमा
राष्टिय जनसंघर्ष मोर्चाबाट आयोजित
सांस्कृतिक झाँकी सहितको शान्तिपुर्ण जुलुसमा
वर्तमान गणतन्त्रवादी सरकारबाट भएको
अमानवीय लज्जास्पद एवं कारयतापुर्ण प्रहरी
हस्तक्षेप भएको छ । शान्तिबाटीमा भेलाई
साधुसन्त पंचेबाजा र काठको १०८ तरवार सहित
राष्टनिर्माताको जन्मदिनमा श्रद्धासुमन अर्पण
निस्केको शान्तिपुर्ण जुलुसमा माथिको आदेश भन्दै
रोक्न प्रयास गरेपछि ठाउँ ठाउँमा झडप भएको
थियो । यस झडपमा मोर्चाका सहसंयोजकहरु
लगायत १४ जना घाइते भएका छन् ।
वर्तमान गणतन्त्रवादी सरकारको यो कायरतापुर्ण
कार्यको यो मोर्चा घोर भत्सना एवं निन्दा
गर्दछ । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा
पत्र बुझाई गरिएको शान्तिपुर्ण कार्यमा समेत
प्रहरी हस्तक्षेप मात्र होइन राष्टिय भण्डा र
बडामहाराजाधिराजको फोटो समेत बोक्न
पाइदैन भनेर रोक्नुले यो राष्टनिर्माताको मात्र
अपमान नभएर समग्र राष्टकै अपमान भएको छ ।
राष्टिय एकताको दिन तथा राष्टनिर्माताको
जन्मजयन्तिको दिन सरकारबाट भएको यो
अमानवीय, लज्जास्पद र कायरता पुर्ण कार्यको
भोर निन्दा एवं भत्सना गर्दै यो सरकार विरुद्ध
कडा प्रतिकार उत्रने मोर्चाले निर्णय गरेको छ ।
बडामहाराजाधिराज पृथ्वी नारायण शाहको
प्रतिक स्वरुप सानो काठको तरवार देखेर यति
त्रसित हुने कायर गणतन्त्रवादीहरु साँचचै कै तरवार
लिए आए यी गणतन्त्रवादीहरुको हर्ट अटेक नै हुने
थियो । यस्ता कायर, गणतन्त्रवादी सरकारको
अन्त अत्यन्त आवश्यक भइसकेको छ ।
हामीवर्तमान संविधानको खारेजी,
राजसंसथाको पुनस्थापना, भुकम्प पिडीतलाई
गाँस बाँस र कपासको व्यवस्था र पेटोल ग्यास
जस्ता जनताको अत्यावश्यक बस्तु शुलभ गर भन्ने माग
सहित सडक आन्दोलनमा गइरहेकोमा पुष २७ गतेको
कायरतापुर्ण कार्य सरकारबाट भएकोले वर्तमान
सरकारको खारेजी पनि अब छैठौं मागमा राख्ने
निर्णय भएको छ ।
अरुबेला निषेधित क्षेत्र भए पनि पृथ्वी जयन्तिका
दिन सबैलाइृ खुल्ला गरिने ससमयमा अरु सबैलाई
जान दिने तर हामीलाई मात्र निषेध गर्नुले वर्तमान
सरकार यस मोर्चाबाट त्रसित भएको स्पष्ट देखिन्छ
। आजको यस कायरता पुर्ण कार्यले हामीलाई
हाम्रो आन्दोलनलाई सफल बनाउन थप मिलेको छ ।
हम्रो मागहरुलाई पुरा गर्न अहिले सम्म हामीले दुइ
चरणको सडक आन्दोलन सम्पन्न गरिसकेका छौं ।
पहिलो चरणको आन्दोलन भोटाहिटीमा ५ दिने
धर्ना कार्यक्रम रहेको थियो भने दोश्रो चरणको
आन्दोलनमा हामीले ६ दिन सम्म काठमाडौंका
विभिन्न भागहरुमा विरोध जुलुस र्याली सम्पन्न
गरिसकेका छौं ।
तेश्रो चरणको आन्दोलनलाई सफल बनाउन हामीले
गत पुष १९ र२० गते विभिन्न ब्यक्तित्व तथा दल एवं
संघसस्थाहरुसंग बसेर दुई दिने बिचार गोष्ठि
ललितपुरमा सम्पन्न गरिसकेका छौं ।
यसै बिच यही पुष २७ गते राष्ट निर्माता श्री ५
बडामहाराजाधिराज पृथ्वीनारायण शाहको
२९४ औं जन्मजयन्ति परेकोले यस दिनलाई हामीले
आन्दोलनलाई निर्णयक तहमा नपुगे सम्म विश्राम
नलिने र यसकोलागी बलिदान समेत दिन तयार हुने
कसम खाने दिनको रुपमा मनाउने क्रममा थियो ।
तर सरकारबाट भएको दमनले हामीलाई हाम्रो
अडान र प्रतिबद्धतामाथप बल मिलेको छ ।
त्यसैले अब केही दिनपछि बस्ने यस मोर्चाको बैठकले
वर्तमान सरकार खारेजी माग सहित आफ्नो तेश्रो
चरणको आन्दोलनको घोषणा गर्नेछ । जुन आन्दोलन
यो सरकारलाई टक्कर दिने हुनेछ । आजको घटनाबाट
हामीले अब हामी शान्तिपुर्ण मात्र होइन दमनको
प्रंतिकार गर्ने शक्ति सहित तेश्रो चरणको
आन्दोलन गर्ने छौं । यसबाट पनि हाम्रो माग पुरा
नभए र दमन गरिए शसस्त्र आन्दोलनमा समेत उत्रने
घोषणा गर्दछौं ।
संयोजक
श्याम प्रशाद तिमिल्सिना

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved