अवरोध हैन सहयोग गरौँ: मन्त्री चौधरी
उदयपुर, १९ पुस । सहरी बिकास राज्य मन्त्री
मञ्जुकुमारी चौधरीले सिमित मधेसबादी नेताहरुले
जनताले बुभ्mन पाउने नयाँ सबिधानको
अधिकारलाई कुण्ठित पार्न खोजेको आरोप
लगाउनुभएको छ ।
नयाँ संबिधानले व्यवस्था गरेका अधिकारका
सवाल जनतालाई बुझाउनु पर्ने बेलामा आफु
अनुकुलको संबिधान नबनेपछि केहि मधेसी नेताहरुले
अवरोध गरेको उहाँले बताउनुभयो ।
जिल्ला बिकास समिति र त्रियुगा
नगरपालिका उदयपुरको संयुक्त आयोजनामा
शनिबार त्रियुगा उच्च माबिको प्राङ्गणमा
भएको “नेपालको संबिधान जनताको संबिधान,
जनताको संबिधान जनताकै माझमा”राष्ट्रव्यापी
प्रचार अभियान कार्यक्रमलाई सम्बोधन गर्दै
मन्त्री चौधरीले संबिधान बुझन पाउने
अधिकारबाट वञ्चित नगरी वरु सहयोग गर्न आग्रह
गर्नुभयो ।
नयाँ संबिधान संसारकै उत्कृष्ट भएको दावि गर्दै
मन्त्री चौधरीले यसका अन्र्तबस्तु र संबिधानमा
व्याबस्था भएका प्राबधान र जनताका
अधिकारका बिषयमा जनताले सहज रुपले बुझ्न पाउनु
पर्ने बताउनुभयो ।
उहाँले नयाँ संबिधानले सबैभन्दा बढि अधिकार
मधेसीहरुलाई दिएकाले अपव्याख्या गरी
जनतालाइ भ्रम सृजना नगन सबैलाई आग्र्रह गर्नुभयो
। केहि मधेसबादी दलका नेताहरुले व्यक्तिगत
स्वार्थकालागि आन्दोलन चर्काइरहेको स्मरण
गराउँदै मन्त्री चौधरीले भन्नुभयो, “तराईबासीले
जुन दिन संबिधानको बारेमा बुझछन् त्यो दिनदेखि
मधेसका ठेकेदारहरुको राजनीति समाप्त हुन्छ ।”
उदयपुर क्षेत्रनं २ का सांसदसमेत रहेकी मन्त्री
चौधरीले संबिधान कार्यान्वयन नभएसम्म यसको
औचित्य नहुने स्पष्ट पार्नुभयो । समस्याको
समाधान देश भित्रै खोज्नुपर्ने भन्दै उहाँले नेपालको
स्वाभिमान, सार्बभौमसत्ता र राष्ट्रिय एकता
बेच्ने गरी आन्दोल नगर्न आन्दोलनरत मोर्चालाई
आग्रह गर्नुभयो । उहाँले संबिधानले व्यवस्था गरेका
हकअधिकारलाई भरपुर सदुपयोग गर्नसमेत आग्रह
गर्नुभयो ।
Home »
Nepali News
» ‘तराईबासीले जुन दिन बुझछन् त्यो दिनदेखि मधेसका ठेकेदारहरुको राजनीति समाप्त हुन्छ’
‘तराईबासीले जुन दिन बुझछन् त्यो दिनदेखि मधेसका ठेकेदारहरुको राजनीति समाप्त हुन्छ’
Posted by Unknown
Posted on 2:51 PM
with No comments
Related News you might like to see :
Labels:
Nepali News
0 comments:
Post a Comment