मुम्बई– जेल सजाय भोगिरहेका बलिउड
चर्चित अभिनेता संजय दत्त फेब्रुअरी २७
मा जेलबाट छुट्ने भएका छन् । अवैध
हतियार लुकाएर राखेको अभियोगमा
अदालतले सञ्जयलाई पाँच वर्षको जेल
सजाय सुनाएको थियो । १९९३ मा
भएको विष्फोटपछि दत्त एके ४७
हतियार राखेको अभियोगमा पक्राउ
परेका थिए ।
सञ्जयले जेलमा रहँदा राम्रो व्यवहार
गरेका कारण उनलाई एक सय ५ दिन
पहिला नै रिहा गर्ने निर्णय राज्य
सरकारले गरेको भारतीय संचारमाध्यमले
जनाएका छन् । सञ्जय जेलमा रहँदा सबै
कैदीलाई एउटै व्यवहार गर्ने, साथै काम
पनि नियमपूर्वक गर्ने गरेका थिए ।
सञ्जयले पुणेको येरवदा जेलमा कैद
भुक्तान गरिरहेका छन् । पहिला उनलाई
६ वर्षको जेल सजाय सुनाइएपनि पछि
उनले अदालतमा याचिका गरेपछि पाँच
वर्ष जेल सजाय कायम भएको हो ।
उनको राम्रो व्यवहारको कारण २ वर्ष
९ महिना कैद भुक्तान भएको छ । प्रत्येक
कैदीलाई ११४ दिन केही शर्त पालना
गरेवापत छुन दिने कानुनविद्को नियम
छ । मुन्ना भाईका नामलेसमेत परिचित
दत्त २१ मे २०१३ देखि पुणेको येरवदा
जेलमा जेल सजाय काटिरहेका छन् ।
Home »
Nepali News
» जेलबाट रिहा हुँदैछन् सञ्जय दत्त....
जेलबाट रिहा हुँदैछन् सञ्जय दत्त....
Posted by Unknown
Posted on 4:25 AM
with No comments
Related News you might like to see :
Labels:
Nepali News
0 comments:
Post a Comment