पुस २२
काठमाडौ – नेपाल सद्भावना
पार्टीबाट राजिनमा दिएकी
सरिता गिरीको राजिनामा
पार्टीले स्वीकृत भएको छ ।
राजधानीमा दुई दिनसम्म चलेको
पार्टीको केन्द्रीय समितिको बैठकले
यस्तो निर्णय गरेको हो ।
नेपाल सद्भावना पार्टी लिएर अनिल
झा अध्यक्ष रहेको संघीय सद्भावना
पार्टीसँग एकीकरण गरेकी सरिता
गिरी साधारण सदस्य समेत नरहने गरि
असोज २५ गते पार्टी परित्याग गरेको
घोषणा गरेकी थिइन् ।
पार्टी परित्याग गरेपछि पनि
पार्टीका अध्यक्ष अनिल झाले
पार्टीमा फर्कन पटक पटक आग्रह गरेका
थिए तर गिरीले अब आफू नफर्किन
बताएपछि पार्टीको बैठकले
राजिनामा स्वीकृत गरेको अध्यक्ष
झाले बताए ।
त्यसैगरि बैठकले बैशाख ३ गतेदेखि ५
गतेसम्म जनकपुरमा पार्टीको
महाधिवेशन गर्ने निर्णय गरेको छ ।
Home »
Nepali News
» सरिता गिरीको राजीनामा स्वीकृत
सरिता गिरीको राजीनामा स्वीकृत
Posted by Unknown
Posted on 4:22 AM
with No comments
Related News you might like to see :
Labels:
Nepali News
0 comments:
Post a Comment