सर्लाही, २२ पुस । सत्तारुढ दल नेकपा एमालेका
नेता रामनरेश राय यादवको हत्या अभियोगमा
प्रहरीले एक महिलासहित तीन जनालाई पक्राउ
गरेको छ ।
गत पुस १४ गते सर्लाहीको हेमपुरमा एमाले सर्लाही
जिल्ला कमिटी सदस्य हेमपुर–७ का ६० वर्षीय
यादवको मर्निङ वाकका क्रममा हत्या भएको
थियो । उनी एमाले मधेसका खम्बा थिए ।
सर्लाहीका प्रहरी प्रमुख केदार ढकालले हत्याको
अभियोगमा एक महिलासहित तीन जनालाई
पक्राउ गरिएको बताए । उनका अनुसार व्यक्तिगत
रिसिविका कारण यादवको हत्या भएको
प्रारम्भिक अनुसन्धानमा पत्ता लागेको छ ।
हत्यामा संलग्नहरुको प्रमाणको कन्फरमेशन टेष्ट
बाँकी रहेकाले पक्राउ गरिएका तीनै जनाको नाम
खुलाइएको छैन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले आउँदो
हप्ता यादवको हत्या घटनाबारे सम्पूर्ण विवरण र
अभियुक्तलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।
Home »
Nepali News
» एमाले नेता यादवका थप दुई हत्यारा पक्राउ, एक
महिलाको पनि हात
एमाले नेता यादवका थप दुई हत्यारा पक्राउ, एक महिलाको पनि हात
Posted by Unknown
Posted on 4:28 AM
with No comments
Related News you might like to see :
Labels:
Nepali News
0 comments:
Post a Comment