Home » » सुशीलसँग रहने यी नारी को हुन् ? जो केन्द्रीय सदस्य बन्न चाहन्छिन्...

सुशीलसँग रहने यी नारी को हुन् ? जो केन्द्रीय सदस्य बन्न चाहन्छिन्...

काठमाडौं, २२ पुस । अमेरिकामा घरजम गरेर बस्दै
आएकी र अहिले कांग्रेस सभापति सुशील
कोइरालाको सहयोगीका रुपमा सँगै बस्दै आएकी
मृदुला कोइराला १३औँ महाधिवेशनमा केन्द्रीय
सदस्यमा उम्मेदवारी दिने तयारी गरेकी छिन् ।
बिगत दुई वर्षदेखि काठमाडौंमा सभापति
कोइरालाको निकट रहेर सँगै बस्दै आएकी मृदुलाका
गतिविधि कांग्रेसलाई फाइदा पुगाउनेभन्दा पनि
घाटा पुगाउने खालका हुने गरेको आरोप छ ।
स्रोतका अनुसार मृदुलाको क्रियाशील सदस्यता
छैन । मृदुलाले क्रियाशील सदस्यताका लागि
सभापति कोइरालालाई दबाव दिँदै आएकी छिन् ।
त्यति मात्रै होइन मृदुलाले जसरी हुन्छ १३औँ
महाधिवेशनमा आफूलाई महाधिवेशन प्रतिनिधि
बनाउन वृद्ध कोइरालालाई दबाव दिने गरेको
स्रोतको भनाइ छ ।
सभापति कोइरालाको निकट रहेर कसैलाई पनि
नजिक जान नदिने गरेकी मृदुला अमेरिकी नागरिक
हुन् । उनले उतैतिरको नागरिकता लिएको आरोप छ
। उनका पति र छोराछोरी अमेरिकामा बस्छन् ।
मृदुला भने कांग्रेसको नाममा सभापति
कोइरालाको निकट रहेर तर मार्दै आएको आरोप
कांग्रेस नेताहरूको छ ।
सभापति कोइरालाले मृदुलालाई किन ‘काखी
च्यापेर’ राखेका हुन् भनेर प्रश्न उठ्ने गरेका छन् । तर
यसको चित्तबुझ्दो जवाफ कसैबाट आउने गरेको छैन ।
सभापति पदमा अर्को पटक उम्मेदवारी दिने मुड
बनाएका कोइरालालाई शेरबहादुर देउवाले हराउने
दाउ खोजी रहेका छन् ।
मृदुला र कोइरालाका सहयोगीहरूका कारण नेता
तथा कार्यकर्तासाग भेट्न नपाएका कोइरालाले
सभापतिमा पराजय भोग्ने निश्चित रहेको दाबी
चल्न थालेको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved