Home » » सुन २ सय रुपैयाँले सस्तियो, चाँदीको मूल्य स्थिर

सुन २ सय रुपैयाँले सस्तियो, चाँदीको मूल्य स्थिर


२८ पुस, काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । छापावाल सुन आज प्रतितोला ४९ हजार ७
सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनााएको छ ।
सोमबार सुन प्रतितोला ४९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा
उतारचढाव जारी रहँदा त्यसको प्रभाव नेपाली सुन बजारमा पनि परेको छ ।
मंगलबार तेजावी सुनको मूल्य भने ४९ हजार ४ सय ५० रुपैयाँ तय भएको छ । चाँदीको मूल्य भने आज पनि स्थिर छ । मंगलबार
प्रतितोला ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved