Home » » सरकारलाई झुकाउन मधेसी मोर्चाले थप आन्दोलन घोषणा गर्ने, बिहीबार बैठक बस्दै...

सरकारलाई झुकाउन मधेसी मोर्चाले थप आन्दोलन घोषणा गर्ने, बिहीबार बैठक बस्दै...

काठमाडौं, २२ पुस । संयुक्त लोकतान्त्रिक मधेसी
मोर्चाले सरकारलाई थप दबाव दिन भालि
बिहीबार पुनः अर्को चरणको आन्दोलन
घोषणाको तयारी गरेको छ ।
बिहीबार दिउँसो दुई बजे तराई मधेस
लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय
बिजुलीबजारमा बस्ने मधेसी मोर्चाको बैठकले
आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने
सद्भावना पार्टीका महासचिव मनीष सुमनले
जानकारी दिनुभयो ।
‘आन्दोलनलाई झन् शसक्त बनाउन मधेसी मोर्चाको
बैठक बिहीबार बस्दैछ’, उहाँले भन्नुभयो, ‘नाकामा
धर्ना बस्ने, सडक अबरोध गर्नेलगायतका कार्यक्रमहरू
यथावत छन् । सद्भावना पार्टीको कार्यक्रम पनि
जारी रहन्छ । मधेसी मोर्चाले थप नयाँ कार्यक्रम
सार्वजनिक गर्छ ।’
विगत चार महिनाभन्दा बढी समयदेखि तराई
मधेसमा आन्दोलन गर्दै आएको मधेसी मोर्चाले
सरकारसँगको वार्ता र आन्दोलनलाई जारी राख्दै
आएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved