Home » » २ किलो अवैध सुनसहित मलेसियाबाट आएका २ बंगलादेशी नागरिक एयरपोर्टमा पक्राउ...

२ किलो अवैध सुनसहित मलेसियाबाट आएका २ बंगलादेशी नागरिक एयरपोर्टमा पक्राउ...

काठमाडौं, २२ पुस । अवैध सुनसहित २ बंगलादेशी
नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
पक्राउ परेका छन् ।
आरएको उडानद्धारा मलेशियाको
क्वालालाम्पुरबाट आएका बंगलादेशी नागरिक ५०
वर्षीय कमल भिदिन र ५० वर्षीय एमडी मुही
भिदिनलाई प्रहरीले अवैध सुन १ हजार ९ सय
ग्रामसहित बुधबार पक्राउ गरेको हो ।
अन्तराष्ट्रिय बिमानस्थलको अराईभल एरियाको
हेण्ड व्यागेज एक्सरेमा मंगलबार चेकजाँच गर्ने क्रममा
उनीहरुले लुकाई छिपाई ल्याएको अवस्थामा उक्त
सुन बरामद भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको
छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved