Home » » उपेन्द्रको अर्काे चेतावनी- सरकारले जबरजस्ती गरे गम्भीर परिणाम भोग्नुपर्छ

उपेन्द्रको अर्काे चेतावनी- सरकारले जबरजस्ती गरे गम्भीर परिणाम भोग्नुपर्छ


मोर्चाको सहमति बिनाको संविधान संशोधन
नमान्ने घोषणा

वीरगञ्ज, २२ पुस । संघीय समाजवादी फोरम
नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले तयार
गरेको संशोधन प्रस्ताव मधेसी मोर्चालाई मान्य
नभएको बताएका छन् ।
फोरम नेपाल पर्साले क्षेत्र न. २ को बगहीमा
आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई
सम्बोधन गर्दै अध्यक्ष यादवले मोर्चाले उठाएको
माग अनुसार संविधान संशोधन नभएसम्म आन्दोलन
नरोकिने चेतावनी दिए ।
‘विरोधका बावजूद जबरजस्ती संविधान जारी
गरिए जस्तै संशोधन पनि बलपूर्वक गर्न खोजिए
मोर्चालाई त्यो मान्य हुँदैन’, फोरम नेपालका
अध्यक्ष यादवले भने, ‘मोर्चाले स्वामित्वग्रहण गर्ने
गरि सहमतिमा संशोधन गरे मात्र मुलुकले निकास
पाउँछ ।’
उत्पीडनमा परेका मधेसी, आदिवासी जनजाति,
मुस्लिम, थारु, महिला लगायतले उठाएको माग
नयाँ संविधानमा सुनिश्चित नहुँदासम्म आन्दोलन
जारी रहने यादवले बताए । ‘यो अधिकार
प्राप्तिको लडाइँ हो, जनतालाई अब गुलामी
स्वकार्य छैन’– उनले भने । असन्तुष्ट पक्षको माग
सम्बोधन गर्न नचाहेकोले गर्दा वार्ता सफल हुन
नसकेको उनले बताए । ‘सरकार आफै वार्ता सफल हुन
दिने पक्षमा छैन’, मोर्चाको माग सम्बोधन गर्न
सरकारले बेवास्ता गरेको आरोप लगाउँदै अध्यक्ष
यादवले भने, ‘सरकारले समाधान चाहेको भए जनताले
यदि हदसम्म दुःख पाउथेनन् ।’
एमाले र कांग्रेसका कार्यकर्ता फोरममा
सोही कार्यक्रममा विभिन्न पार्टीका नेता
तथा कार्यकर्ताहरु संघीय समाजजादी फोरम
नेपालमा प्रवेश गरेका छन् । सत्तारुढ दल नेकपा
एमाले, नेपाली काग्रेस र राप्रपाबाट पार्टी
परित्याग गरी पूर्व गाविस उपाध्यक्ष विशुनदेव
राउत कुर्मी, जयनरायण पटेल, छोटेलाल कुर्मी
लगायतको नेतृत्वमा दुई सय भन्दा बढी नेता
कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा फोरम नेपालका केन्द्रीय उपाध्यक्ष
लालबाबु राउत, पर्सा जिल्ला अध्यक्ष प्रदीप
यादव, केन्द्रीय सदस्य रामकिसोर यादव, विरेन्द्र
यादव, विन्देश्वर यादव, बालकिसोर यादव
लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved