Home » » लामो समयपछि सार्वजनिक कार्यक्रममा छोरीसँगै देखिए पूर्व युवराज पारस.....

लामो समयपछि सार्वजनिक कार्यक्रममा छोरीसँगै देखिए पूर्व युवराज पारस.....

काठमाडौं – पूर्व युवराज पारस शाह
लामो समयपछि सार्वजनिक
कार्यक्रममा देखिएका छन् ।
थाइल्याण्डबाट नेपाल फर्किएको
लामो समय बितिसक्दा पनि गुपचुप
रहेका शाह बिहिबार हिन्दुवादी
संगठनले आयोजना गरेको कार्यक्रममा
प्रमुख अतिथिको रुपमा उनी उपस्थित
भएका हुन् । उनीसँग छोरी पूर्णिका
पनि साथमा रहेकी थिइन् ।
शिव सेना नेपालले बिहिबारबाट
सञ्चालनमा ल्याएको निःशुल्क
भोजनशालाको उद्घाटनका लागि
शाह पुगेका थिए । उनले पानसमा बक्ति
बालेर उक्त भोजनशालाको शुभारम्भ गरे

शिव सेना नेपालले जनता भाव र
मंहगीमा बाच्नु परिरहेको बेला सरकार
सत्ता भागबण्डामै लिप्त रहेको भन्दै
निःशुल्क भोजनशाला सञ्चालनमा
ल्याएको हो । पशुपतिनाथको
बनकाली क्षेत्रमा हरेक दिन निःशुल्क
खाना खुवाइने संगठनले जनाएको छ ।
शाह यसअघि बंगलामुखी मन्दिरको
दर्शनमा निस्किएका थिए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved