Home » » युवराजले दिए ओलीलाई धम्की

युवराजले दिए ओलीलाई धम्की


काठमाडौं – नेकपा (एमाले) भित्र एक
जना यस्ता मान्छे छन्, जो आफूलाई
राज्यका सबै पदमा पुग्नै पर्ने र कमाउ
धन्दा चलाउनै पर्ने मनसाय राख्छन् ।
राष्ट्रिय योजना आयोगको
उपाध्यक्ष उनैलाई चाहिन्छ । नेपाल
राष्ट्र बैंकको गभर्नर उनैलाई चाहिन्छ ।
राष्ट्रिय योजना आयोगको
उपाध्यक्ष फेरि उनै बनेका छन् । ती
व्यक्ति हुन् डा. युवराज खतिवडा ।
उनी यतिखेर आयोगको उपाध्यक्ष छन् ।
उनी गभर्नर पनि भए, एमालेका लागि
भन्दै उनले लखनऊ लूट समेत मच्चाए ।
संविधानसभाको दोस्रो
निर्वाचनमा पदको दुरूपयोग गरेर उनले
खड्ग ओलीलाई रु.१ करोड रूपैयाँ चुनाव
खर्च भनेर उपलब्ध समेत गराए । अख्तियार
दुरूपयोग अनुसन्धानले छानबिन गर्ने मेसो
पाएपछि अख्तियारका केही
हाकिमलाई बोलाएर उनले रकम नै दिएर
थामथुम समेत पारे ।
यतिखेर उनै ओलीको कृपाले खतिवडा
आयोगको उपाध्यक्ष बनेका छन् ।
पछिल्लो पटक ओलीले मनलाग्दी तवरले
मन्त्रिपरिषद् विस्तार गरेपछि उनै
खतिवडा आफूलाई अर्थमन्त्री बनाउनु प
¥यो । अर्थसम्बन्धी ‘अ’ समेत थाहा
नभएका विष्णु पौडेलसँग मेरो हाइट
मिलेन भन्दै उनले मन्त्री बनाउन र नबनाए
राजीनामा दिने भन्दै धम्की दिएका
छन् । संविधानको संक्रमणकालीन
व्यवस्था अनुसार नै आफूलाई मन्त्री
बनाउनुपर्ने खतिवडाको बालहठ
देखिएको छ ।
उनले प्रधानमन्त्री रहेका ओलीलाई
मन्त्री बनाउने भए बनाऊ होइन भने
छारस्ट गर्छु भन्दै धम्की दिने गरेका छन् ।
एक एमाले नेताका अनुसार प्रम ओलीसँग
उनको पछिल्लो भेटका अवसरमा म
उपाध्यक्ष छाड्छु अर्को एमालेलाई
बनाऊ भन्दै अर्थमन्त्री बनाउन भनेका
छन् । आजको जनआह्वान
साप्ताहिकमा खबर छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved