वीरगन्ज । वीरगन्ज-रक्सौल नाका ठप्प पार्न मितेरी पुलमा धर्ना बसेका संयुक्त
लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्तालाई मंगलबार राति स्थानीय
व्यापारीले लखेटेका छन् ।
गत ७ असोजदेखि नेपाल–भारतको दसगजा क्षेत्रमा नाका जाम गरी बसेका
आन्दोलनकारीका कारण सामान ल्याउन नपाएका वीरगन्ज रक्सौलका
व्यापारीले आन्दोलनकारीलाई नाकाबाट लखेटी ठेला र टाँगामा सामान
भित्र्याएका हुन् ।
सानो संख्यामा धर्नामा बसेका आन्दोलनकारीले व्यापारीलाई प्रतिकार
गर्न खोजे पनि नसकेपछि पिटाइ खाँदै भागेको एक आन्दोलनकारीले बताए ।
व्यापारीहरूले आन्दोलनकारीहरूले लगाएको बाँसको ढाटलाई हटाएर १७ ओटा
ठेला र टाँगामा सामान नेपाल भित्र्याएको प्रत्यक्षदर्शीले बताए । उनीहरुका
अनुसार केहीबेर नाका बाट बाक्लै आवत जावत भएको थियो ।
धर्नामा बसेकाहरूलाई भने केही दिनदेखि दैनिक रूपमा तस्कर समूहले दुःख दिने
गरेको संघीय समावेशी मधेसी गठबन्धनका नेता शिव पटेलले बताए । राजधानी
दैनिकमा समाचार छ ।
Home »
Nepali News
» अन्ततः मधेसी मोर्चाका नेता-कार्यकर्तालाई
व्यापारीले नै लखेटे...
अन्ततः मधेसी मोर्चाका नेता-कार्यकर्तालाई व्यापारीले नै लखेटे...
Posted by Unknown
Posted on 10:08 AM
with No comments
Related News you might like to see :
Labels:
Nepali News
0 comments:
Post a Comment