काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अङ्ग्रेजी नयाँ वर्ष सन् २०१६ विश्व शान्तिका लागि सफल वर्ष हुन सकोस् भनी कामना गरेका छन्।
नयाँ वर्षले सबै नेपालीबीचको हार्दिकता र एकतालाई अझै बलियो बनाउँदै संविधानले प्रत्याभूत गरेका अधिकारको व्यवहारमा प्रभावकारी कार्यान्वयन गर्न प्रेरणा प्राप्त हुन सकोस् भन्ने
शुभकामना पनि उनले व्यक्त गरेका छन्।
प्रधानमन्त्रीको निजी सचिवालयद्वारा जारी विज्ञप्तिमा उनले मुलुकमा अहिले देखिएका जटिलता र समस्या समाधान गर्दै मुलुकलाई आर्थिक समृद्धिका दिशामा अघि बढाउन यस
वर्षको उपलक्ष्यमा सबैमा आह्वान समेत गरेका छन्। रासस
Home »
Nepali News
» सन् २०१६ विश्व शान्तिका लागि सफल वर्ष हुन सकोस् : प्रम ओली
सन् २०१६ विश्व शान्तिका लागि सफल वर्ष हुन सकोस् : प्रम ओली
Posted by Unknown
Posted on 10:01 AM
with No comments
Related News you might like to see :
Labels:
Nepali News
0 comments:
Post a Comment