Home » » नयाँ वर्षमा १८ वर्ष मुनिकालाई ठमेलमा ‘नो इन्ट्री !’ नयाँ बर्षमा रम्न कहाँ जाने ?

नयाँ वर्षमा १८ वर्ष मुनिकालाई ठमेलमा ‘नो इन्ट्री !’ नयाँ बर्षमा रम्न कहाँ जाने ?


१६ पुस, काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०१६ को अवसरमा कतै गएर रमाइलो गर्ने योजना बनाउनु भएको छ ? यदि छ भने
तपाईंकालागि राम्रो अवसर आएको छ । राष्ट्रिय तथा स्थानीय कलाकारहरुसँग रमाइलो गर्दै तपाईंले नयाँ बर्ष सेलिब्रेट
गर्न सक्नुहुन्छ ।
सन् २०१५ को विदाइ र नयाँ बर्ष २०१६ को स्वागतमा काठमाडौं उपत्यकासहित नेपालभर बिशेष कार्यक्रमहरु आयोजना
गरिएका छन् । काठमाडौं उपत्यकामा अझ विशेष चहलपहल छ । ठमेल, दरवारमार्ग, लाजिम्पाट लगायतका स्थानमा नयाँ
बर्षको अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
१८ वर्ष मुनिकालाई प्रवेश निषेध
काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा ठमेल पर्यटन विकास परिषदले आयोजना गरेको विशेष कार्यक्रममा १८ बर्ष
मुनिकालाई प्रवेश निषेध गरिएको छ । औपचारिक उद्घाटन तथा सांस्कृतिक कार्यक्रममा जो कोही सहभागी हुन सक्ने भए
पनि बार तथा रेष्टुरेन्टमा १८ वर्ष मुनिका व्यक्तिलाई प्रवेश निषेध गरिएको परिषदका अध्यक्ष रामशरण थपलियाले बताए ।
नयाँ बर्षको अवसरमा काठमाडौंका चोक, गल्ली, होटल र रेष्टुरेण्टहरुमा डान्सपार्टी, खाना महोत्सवलगायतका कार्यक्रम
आयोजना गरिएको छ । ग्राहकहरुलाई आफूतिर तान्न होटल तथा रेष्टुरेन्टहरुले सम्भव भएसम्मका सबै उपाय अबलम्बन गरेको
देखिन्छ ।
ठमेलको नर्सिङ चोकस्थित फेसज लाउन्जले डिजेसहितको प्रस्तुति आयोजना गरेको छ । यसैगरी दरबारमार्गस्थित भिक्ट्री
लाउन्ज एन्ड बारले नयाँ बर्ष इभको अवसरमा एड्रिन प्रधानलाई ल्याएको छ भने नयाँ बर्षको दिन नविन के भट्टराईको
विशेष प्रस्तुती हुने छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved