कार्यक्रममा जानै छाडेको छुः मन्त्री यादव
१६ पुस, काठमाडौं । एमालेका ६ सभासद राज्यमन्त्री
नियुक्त भएको एक साता बित्यो । तर, अझै उनीहरुले पद
तथा गोपनीयताको सपथ लिन पाएका छैनन् ।
‘सबैले मन्त्रीज्यू, मन्त्रीज्यू भन्छन्’ राज्यमन्त्री नियुक्त
भएका दिनेशचन्द्र यादव भन्छन्, ‘आफूलाई मन्त्री भएको
जस्तो लागेकै छैन ।’
कार्यक्रममा जाँदा कुन हैसियतमा जाने भन्ने
द्विविधा हुने गरेको उनको अनुभव छ । ‘सभासदको
हैसियतमा जाउँ, मन्त्री नियुक्त भइसकेको छु,
मन्त्रीको हैसियतमा जाउँ एउटा गाडीसम्म छैन । टेम्पु
चढ्न पनि अप्ठेरो लाग्छ, ट्याक्सी चढेर पनि साध्य छैन
। त्यसैले अचेल त म कार्यक्रममै गएको छैन’ यादवले दुखेसो
पोखे । यद्यपि प्रधानमन्त्रीको वाध्यता आफूले
बुझेकाले कुनै गूनासो नगरेको उनी बताउँछन् ।
मन्त्री यादव शंखमुलस्थित डेरामा बस्दै आएका छन् ।
मन्त्री बनेपछि आगन्तुकहरुको चहलपहल बढ्दा डेरा बसाई
साँघुरो भएको यादवले बताए ।
अर्की राज्यमन्त्री मञ्जुदेवी चौधरीलाई पनि एक
सातादेखि बधाई आएको आएै छ । अनलाइनखबरमा
समाचार आएपछि राज्यमन्त्री बनेको थाहा पाएको
बताउने मञ्जुलाई सपथ कहिले हुन्छ भनेर थाहा पाउन
पनि सञ्चारमाध्यमकै भर पर्नु परेको छ ।
‘भोली हुन्छ कि भन्ने गाईगुँई सुनिएको छ, तर,
समाचारमा आएको छैन’ उनले भनिन् । मञ्जुका श्रीमान
लक्ष्मीनारायण यादव पनि एमाले नेता हुन् । उदयपुर १
बाट दुईपटक चुनाव जितेका उनी एकपटक सहायकमन्त्री
पनि बनेका थिए ।
नवनियुक्त अर्का राज्यमन्त्री हुन् दामोदर भण्डारीले
प्रधानमन्त्रीको व्यस्तताले गर्दा सपथ हुन नसकेको
आफूले बुझेको अनलाइनखबरसित बताए । ‘सपथ
नखाँदासम्म अप्ठेरो त हुने नै भयो’ उनले
भने-‘प्रधानमन्त्रीले उपयुक्त समयमा गर्छु भन्नुभएको छ,
यसमा मैले धेरै चिन्ता लिएको छैन ।’
स्रोतका अनुसार सत्ता सहयात्री दल एमाओवादीले
पनि आफ्नो पार्टीबाट राज्यमन्त्री बनाउनका
लागि आग्रह गरेकाले सपथग्रहणमा अलमल भएको हो ।
यद्यपि अहिलेसम्म एमाओवादीबाट कुनै नाम नआएपछि
प्रधानमन्त्री आफ्ना राज्यमन्त्रीलाई सपथ खुवाउने
तयारीमा छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले
शुक्रबार सपथग्रहण हुने सम्भावना व्यक्त गरे ।
Home »
Nepali News
» सपथ खान नपाएका एमाले
मन्त्रीहरु सकसमा
सपथ खान नपाएका एमाले मन्त्रीहरु सकसमा
Posted by Unknown
Posted on 5:15 AM
with No comments
Related News you might like to see :
Labels:
Nepali News
0 comments:
Post a Comment