काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगारीमा गएका श्रीमानका श्रीमतिहरु नेपालमा बिग्रिएको धेरै समाचार
प्रकासनमा आएका छन् । श्रीमानको कमाइमा श्रीमातीको मस्ती....., विदेशमा श्रीमानलाई सास्ती, नेपालमा
श्रीमतिको अर्कैसंग मस्ती.... जस्ता हेडलाईनहरु दैनिक जसो समाचारपत्रमा आइरहेका छन् । सुनौलो सपना बोकेर
विदेशीएका श्रीमानले पठाएको पैसा नेपालमा बसेर अर्कैलाई ख्वाउने, प्याउने र अन्त्यमा श्रीमानको सबै कमाई
कुम्ल्याएर अर्कैसंग भागेका कुराहरु हामीले देख्दै र सुन्दै आएका छौं ।
यस्ता समाचार हरु प्रायः आफ्नै लापरबाही र धेरै बिश्वास दिनुले गर्दा हुने गरेको एक श्रीमति पीडितहरुको भनाइ र
उनीहरुको अनुभवले देखाएको छ । आखिर के कारणले हो त ? बिदेशमा गएका पुरुष हरुको प्राय घर बिग्रिनु ? उनीहरुका
श्रीमतिहरु गलतबाटो रोज्न ? एउटा तितो एथार्थ हामीले विभिन्न पिडित व्यक्तिका अनुभवहरुलाई मार्फत संकलन गरी
प्रस्तुत गरेका छौं । यसको मतलव यो होइन की विदेशमा गएका सबैका श्रीमति नेपालमा बिग्रिएका छन् । तर दिनहुँजसो
आइरहेका समाचारहरु हेर्दा गलत बाटो अपनाउने श्रीमतिका श्रीमान कि त वैदेशिक रोजगारीमा हुन्छन् या त
उनीभन्दा टाढा रहेको पाइन्छ । त्यस्तै आफ्नो श्रीमतिलाई सहीबाटोमा लगाउन बेलैमा सचेत हुनैपर्छ । त्यसका लागि
यी उपाय अपानाउँदा राम्रो हुन्छ ।
श्रीमिति लार्इ कत्ति पनि फ्री नछोड्नुहोस् । श्रीमतीका हरेक भनाइमा चनाखो रहनुहोस् । उनलाई व्यस्त राख्नुहोस्
किनकी उनले नानाथरी कुरा दिमागमा आउने अवस्था नबनाउनुहोस् । उनि के गर्दै छिन् ,कहाँ जादै छिन् किन जादै छिन् ,
हरेक कुरो को जानकारी लिने गर्नुपर्छ । धेरै माया गर्छु भन्दैमा धेरै विश्वास गर्नु राम्रो हुँदैन ।
घरमा एक्लै नछाड्नुहोस्, आफू वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ भने श्रीमतिलाई घरपरिवारसंगै राख्नुहोस् । सक्नुहुन्छ
गाउँमै लगेर राख्नुहोस् । आमा बाबुसंग, शहर केन्द्रित ठाउँमा एक्लै नछाड्नुहोस् । यदी शहरमा राख्नै पर्ने बाध्यता भए
उनीप्रति चनाखो बन्नुहोस् । उनको बारेमा जानकारी लिने माध्याम बनाएरै जानुहोस् ।
आमाबाबुको सबै कुरा सुन्नुपर्छ । बुहारी भित्र्याएपछि सासु बुहारीको झगडा परे पनि यो क्षणिक श्रीमान
श्रीमतिको झगडा जस्तै हो । बुहारीसंग सासु नबोली पनि ती तपाईकी आमा हुन् । उनले तपाईको कहिल्यै कुभलो
चिताउँदिनन् । त्यस्तैले श्रीमतीलाई भन्दाबढी आमा बाबुलाई बढी विश्वास गर्नुहोस् । श्रीमतीको विश्वासमा
घरबार बिगार्नेहरुको नै आफ्नै घरबार धेरै बिग्रिएको पछिल्लो अध्ययनले देखाएको छ ।
यदी बालबच्चा छन् भने उनीहरुसंगबाट पनि धेरै कुराको जानकारी लिन सकिन्छ । वालबच्चा भनेका भगवान हुन् उनीहरुको
बोली भगवानको बोली हो भन्ने परम्परा यसै चलेको होइन् । उनीहरुले झुटो बोल्न जानेका हुँदैनन् र बोल्दैनन् पनि
उनीहरुलाई ललाई फकाई गरेका भए पनि आफ्नी श्रीमतिको बारेमा बुझ्ने प्रयास गर्नुपर्छ । घरमा को आयो, को गयो ,
घरमा बस्यो की बसेन । यस्तै यस्तै कुराहरु सोध्ने गर्नुपर्छ । जसले गर्दा श्रीमतिमा तपाईप्रतिको डर रहीरहन्छ ।
अर्को तपाईको फोनको श्रीमतिले कस्तो रेस्पोन्स गर्छिन् । त्यसप्रति पनि तपाई सचेत हुनुपर्छ । तपाईले फोन गर्र्दा
कस्तो तरिकाले बोल्नु हुन्छ ? ठाडो पाराले या सामान्य तरिकाले ? या बोल्दा बोल्दै रिसाएर फोन काट्नु हुन्छ ?
जब श्रमती हरु बोल्दा बोल्दै एकासी झर्किने ,रिसाउने गर्छन भने शंका गर्नैपर्छ । असल श्रमती हुन् भने तपाई जे जस्तो भन्नुस
बिदेस को फोन ,आफ्नो श्रीमानको फोन आउदा खुसि नै हुनु पर्छ । यदी सामान्य कुरो मै फोन काट्ने , झर्किने गरिन भने
सम्झनुस कुनै चक्कर चल्दै छ, जहाँ अब तपाई को फोन नआउदा पनि कुनै फरक नपर्ने अवस्था भैसकेको छ ।
घरमा पैसाको कारोबार कसले गर्छ ? श्रीमती या बाबा आमाले ? या जति भए पनि श्रीमतीको नाम मा पठाउनु हुन्छ
र कुनै हिसाब र जानकारी लिनु भएको छैन ? यी प्रश्नमा एकदमै ध्यान दिनुपर्छ । श्रीमती हो अर्काको घरबाट मलाई नै
भनेर आई, यसको अब म बाहेक अरु कोही छैन भनेर कहिल्य भावनामा नबग्नुहोस् । बरु तपाई एकपटक आफ्नो दुःखको
कमाइलाई सोच्नुहोस् । मैले कमाएको पैसा यसै उडेको त छैन कतै ? त्यसैले श्रीमतिलाई अभावमा बाँच्न सिकाउनुहोस् ।
अभाव भन्दैमा सारो कष्ट भने दिनुहुँदै । धेरै माया गरेर सबै पैसा श्रीमतिलाई नै पठाउनुहुन्छ त्यसको हिसाब किताब केही
राख्नुहुन्न माग्नुहुन्न भने सोच्नुहोस् तपाईको लगानी बालुवामा पानी अवश्य हुन्छ ।
अर्को चनाखो हुनुपर्ने प्रश्न हो श्रीमती कतिको चुलबुले छिन् ? कुनै जागिर गर्नु हुन्छ या जागिर गर्ने बहाना गर्दै
छिन् ? श्रमती चुलबुले छिन् भने अलि ख्याल गर्नु होस् , किन कि महिला हरु जति चुलबुले हुन्छन । उतिनै यौन प्यासी पनि
हुन्छन् , कुनै जागिर गर्नु भएको छ या छैन । कस्तो खाल्को जागिर हो , जानकारी लिनुहोस् , यहाँ यस्तो पनि देखिनमा
आएको छ श्रीमती जागिरमा जाने भन्ने उल्टो आफ्नो पैसो खर्च हुने । यो अवस्था घरबार बिग्रिएको अवस्था हो ।
किन कि जब अनेक थरि बहाना गरि श्रीमती बाहिरिन खोज्दैछिन् भने अब तपाइँ आफै बुज्नु पर्ने कुरो हो, तपाई बिदेश
हुँदा हुँदै यस्तो बहाना गर्छिन भने , त्यहाँ कुनै ठूलो योजना बनि सकेको हुनुपर्छ । सबै जागीरमा जाने श्रीमतिमा यो
कुरा लागू नभए पनि यस्ता विषयमा चनाखो चाही अवश्य हुनुपर्छ । यसका लागि कहिले काँही जागीर गर्दैछन् भने अब
जागिर नगर मेरै कमाईले पुगिहाल्छ नी । भनेर उनको मनको कुरा बुझ्ने प्रयास गर्नु उत्तम मानिन्छ ।
अर्को कुरा तपाई विदेशमा गइसकेपछि बेला बेलामा श्रीमतीको मोबाइमा फोन गर्दै गर्नुपर्छ । उनी मोबोइमा
कत्तिको बिजी हुन्छिन् । कि तपाईलाई थाहै नहुने अर्को नम्बर पो चलाएको छ की यी सबैकुरा ख्याल गर्नुपर्छ । अहिले
को अवस्थामा सबै भन्दा बिकृति मोबाइल र सामाजिक संजाल मार्फत भएको छ । यहाँ केहि महत्वपूर्ण र बास्तबिक कुरा
आफै बुज्नुहोस , श्रीमती को मोबाइल धेरै बिजी हुनु र विशेष गरि साँझ र रात को समय मा बिजी हुनु भनेको पनि खतरा
नै हो । यस विषयमा घरमा भएका छोराछोरी वा अरु कुनै माध्यामबाट जानकार रहनुहोस् ।
कुनै समयमा बुढोको कमाइमा रजाइ गर्न पल्कीसकेको अवस्था पनि हुन सक्छ । यस्तो अवस्था आउन नदिन तपाई संगै भएको
बेलाका उनको मोबाइलमा मिस कल, रिसिभ कल, म्यासेज, डाइल नम्बर बारम्बार हेर्दै गर्नुपर्छ । यसले पारिवारिक कहल
आउला भनेर कत्ति पनि नडाराउनुहोस् । किनकी श्रीमान श्रमतिको झगडा परालको आगो यस्सै भनिएको होइन । एक
छिन झगडा भए पनि पुनः मिलन भइहाल्छ । यदि श्रीमति असल बाटोमा छिन भने अवस्य पनि झगडा पर्दैन । यदी यही
विषयमा पनि झगडा हुन थाल्यो भने केही त गडबढी अवस्य छ भनेर चनाखो भने हुनैपर्छ । यदी बेला बेलामा आफन्त
बाहेकका नम्बरबाट मिस कल आउने, म्यासेज आउने गरको छ भने पछि घरबार विर्गिन यसै छ त्यहीबेला नै बिगारे भैगो नी
होइन र । त्यसैले जति सकिन्छ श्रीमतीलाई कन्ट्रोल बनाउनुपर्छ । बेलगामको घोडा बन्न दिनुहुन्न ।
यो सबैमा महिलामा लागू नहुने भए पनि पछिल्लो केही यस्तो घटना घटेका छन् । जुन तपाई हामीले सामाचारमा सुन्दै र
पढ्दै आएका छौं । त्यसैले आफू सचेत भइयो भने वैदेशिक रोजगारीमा मात्र होइन विश्वको कुनै पनि कुनामा गए पनि तपाईले
आफ्नो घर परिवार सुमधुर बनाउन सक्नुहुन्छ । वैदेशिक रोजगारीमा गएका मात्र होइनन् संगै बस्दा बस्दै घरबार बिग्रिएका
घटनाहरु पनि हामीले देखेका छौ तर तुलनात्मक रुपमा यस्ता घटना भने कमी नै हुन्छन् ।
यसकारण बिग्रिन्छन् श्रीमतीहरु....पीडितहरुको अनुभव यस्तो छ !
Posted by Unknown
Posted on 4:08 AM
with No comments
Related News you might like to see :
Labels:
Health
0 comments:
Post a Comment