Home » » नेपाली राष्ट्रिय फुटबल टोली ढाका प्रस्थान

नेपाली राष्ट्रिय फुटबल टोली ढाका प्रस्थान



काठमाडौं, मंसिर २९ । पुस ८ गतेदेखि भारतको केरलामा हुने साफ
च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीका लागि
नेपाली राष्ट्रिय फुटबल टोली मंगलबार बंगलादेशको ढाका गएको
छ ।
ढाकामा ३ दिने बन्द प्रशिक्षणमा सहभागी भइ टोलीले पुस २ गते
बंगलादेशको राष्ट्रिय टोलीसँग अभ्यास खेल खेल्नेछ । ढाकाबाटै
नेपाली टोली साफ प्रतियोगिता खेल्न आयोजना स्थल भारत
जानेछ

अनिल गुरुङको नेतृत्वमा २० सदस्यीय नेपाली टोली बंगलादेश गएको
हो । अनिलले पछिल्लो समय नेपाली फुटबल कठीन अवस्थामा रहेको
भन्दै नेपाली फुटबललाई नयाँ उचाइ दिन प्रतियोगितामा आफूहरुले
राम्रो प्रदर्शन गर्ने बताए ।
प्रतियोगितामा आयोजक भारत र श्रीलंकासहित नेपाल समूह
‘ए’मा रहेको छ ।
तस्वीरः एन्फा

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved