Home » » भारतीय मिडिया लेख्छ- मोदीलाई देखेर अन्त्यमा हाँस्ने चीन हुने छ

भारतीय मिडिया लेख्छ- मोदीलाई देखेर अन्त्यमा हाँस्ने चीन हुने छ


नेपालमाथि नाकाबन्दी गरेको नरेन्द्र मोदी सरकारमाथि भारतमा दवाव बढिरहेको छ । संसदमै सोमबार विभिन्न
सांसदहरुले नेपालमा भारत विरोधी भावना बढाएको भन्दै मोदी सरकारको आलोचना भयो ।
यस्तो आलोचना बढ्ने देखेपछि सभामुखले नै नेपालबारेको चर्चमाथि प्रतिबन्ध लगाउनु पर्यो ।
यसैबीच भारतको चर्चित अनलाइन फष्ट पोष्ट डटकमले मोदीको नीतिको कटु आलोचना गर्दै विशेष फिचर प्रकाशित
गरेको छ । फष्ट पोष्टको फिचरमा मोदीको क्यारिकेचर गर्ने नेपालका चर्चित हास्य कलाकार मनोज गजुरेलले १ वर्षको
बिचमा मोदीका २ रुपमको क्यारिकेचर गरिसकेको छ र पछिल्लो मोदीको ब्यङ्ग्य नेपालमा बढी हिट भएको लेखेको छ

मोदीको क्यारिकेचर गर्दै पशुपतिमा क्षमा पुजा गर्न पुगेका मनोजको उदाहरण दिँदै मोदीको कटु आलोचना गर्दै
लेखिएको फिचरमा मोदीमाथिको हाँसो नेपालमा बढिरहेको र यस्तो हाँसोको अन्तिम उपभोक्ता विशाल काय
चीन हुने उल्लेख छ ।
मोदीले २०१५ मा आएर पनि १९९० मा भारतीय प्रधानमन्त्री रहेका राजीव गान्धीको नीति अख्तियार गरेर त्यतिबेला
भन्दा ससक्त र थप महत्वाकाँक्षी बनिसकेको चीनलाई नेपाल सुम्पिएको यो फिचरको भनाइ छ । मोदीकै कारण
नेपालमा प्रभाव बढाउन लालायित रहेको चीनलाई राजमार्ग तयार भएको र चीन तर्फका नाकाहरु तिव्रताका साथ
खोलिनु त्यसकै उदाहरण भएको यो फिचरको निष्कर्ष छ ।
मोदीले नेपाल जस्तो सहज छिमेकीलाई भित्तामा पुर्याएर गलत गरेको अनुभुति गरिसक्दा मोदीको नीति देखेर चीन
सबैभन्दा बढी हाँस्ने यो आलेखमा उल्लेख छ । यो फिचरको अन्त्यमा आफ्ना मित्रहरुलाई हेपेर र मिचेर भन्दा पनि
मित्रताबाट जित्नु पर्ने सुझाव मोदीलाई दिइएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved