Home » » संसदमा नाकाबन्दीको विरोध, भारतीय राजदूत रे लाई फिर्ता पठाउन माग गर्दै नाराबाजी

संसदमा नाकाबन्दीको विरोध, भारतीय राजदूत रे लाई फिर्ता पठाउन माग गर्दै नाराबाजी


आइतबारसम्मका लागि संसद बैठक स्थगित

काठमाडौ, १५ मंसिर । भारतको सहयोगमा
मधेसमा आन्दोलन गरिरहेका संयुक्त लोकतान्त्रिक
मधेसी मोर्चाका सांसदहरुकै अगाडि
व्यवस्थापिका संसद बैठकमा नाकाबन्दीको
विरोध भएको छ ।
सत्तासमर्थक दलका सांसदहरुले उठेर भारतले नेपालको
अन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै संसदमा
नाराबाजी गरेपछि मोर्चाका सांसद छक्क परेका
छन् । जबकी मोर्चाका सांसदहरु भारतको
मागजस्तो माग पुरा गर्न माग गर्दै संसद बैठकमा
निरन्तर नाराबाजी गरिरहेका छन् र अवरुद्ध
गरिरहेका छन् ।
संसदको बैठक सुरु हुनेवित्तिकै रोष्टम घेराउ गरेका
मोर्चाका सांसदको मागविरुद्ध सत्तासमर्थक दल
नेपाल मजदुर किसान पार्टीका सांसदले भारतको
विरोध गर्दै नाराबाजी गरेका थिए ।
नेमकिपाका सांसदहरु प्रेम सुवाल र अनुराधा थापा
लगायतले ‘आत्मसर्मपण गर्दैनौं, नेपालको
संविधानमा हस्तक्षेप गर्ने भारत को हो ?
सुनसरीमा गोली हान्ने भारतीय प्रहरीलाई
कारबाही गर’ जस्ता नारा लगाएका थिए ।
उनीहरुले भारतीय राजदूत रञ्जित रेलाई तत्काल
फिर्ता पठाउनसमेत सरकारसँग माग गरे ।
‘नेपालविरुद्ध बोल्ने भारतको दूतलाई तुरुन्त
फिर्ता पठाउनुपर्छ,’ उनीहरुले भने ।
यसैबीच मधेसी मोर्चाको लामो नाराबाजीका
बीच संसद बैठक आगामी आइतबारसम्मका लागि
स्थगित भएको छ । मोर्चाका सांसदले मात्रै
संसदमा आधा घण्टासम्म नाराबाजी गरेका थिए ।
नाराबाजी नरोकिएपछि सभामुख ओनसरी घर्तीले
२० गते आइतबार १ बजेसम्मका लागि बैठक स्थगित
भएको घोषणा गरिन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved