Home » » यी हुन् भारतीय राजदुतलाई निकाला गर्न माग गर्ने साहसी सांसद

यी हुन् भारतीय राजदुतलाई निकाला गर्न माग गर्ने साहसी सांसद


१५ मंसिर, काठमाडौं ।
मंगलबार नेपालको संसदमा भारतीय राजदुत रञ्जित रे लाई देश निकाला गर्न माग गर्दै नारावाजी भयो । भारतीय
राजदुतको जता ततै विरोध भैरहेको भएपनि संसदमै नारावाजी गरेर उनलाई देश निकाला गर्ने हिम्मत भने कसैले पनि गरेको
थिएन ।
तर मंगलबार नेपाल मजदुर किसान पार्टीका सांसदहरुले संसदमा भारतीय राजदूत रञ्जित रेलाई देश निकाला गर्न माग गर्दै
नाराबाजी गरे ।
को हुन् साहसी सांसद ?
संसदबाटै भारतीय राजदुतलाई देश निकाला गर्न माग गर्ने सांसद हुन्, १. प्रेम सुवाल र २. अनुराधा थापा मगर ।
उनीहरुले संसदमा नेपालको संविधान संशोधनमा हस्तक्षेप गर्ने भारत को हो ?, देश बिखण्डन गर्न पाइदैन, राजदूत रेलाई
फिर्ता गर भन्ने नारा लगाएका थिए ।
मधेशवादी दलहरुले पनि संसदमा नारावाजी गरेपछि आजका लागि संसद बैठक अवरुद्ध भएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved