Home » » काँग्रेस मतगणनास्थलमा तनाव, देउवाका प्रतिनिधि कुटिए

काँग्रेस मतगणनास्थलमा तनाव, देउवाका प्रतिनिधि कुटिए


काठमाडौँ, २४ फागुन । काँग्रेस सभापति बन्न शेरबहादुर देउवालाई ११ मतमात्र नपुगेपछि काँग्रेस मतगणनास्थलमा तनाव सिर्जना भएको छ । देउवा पक्षका प्रतिनिधि मतगणनास्थलमै कुटिएका छन् ।
११ मत मात्रै नपुगेर पहिलो चरणमा सभापति बन्ने अवसर गुमेपछि आक्रोशित बनेका देउवा पक्षधर कार्यकर्ता कुटिएका हुन् । देउवा पक्षधर कार्यकर्ता आक्रोशित बनेपछि प्रहरीले हस्तक्षेप गरेको बताइएको छ । सोहीक्रममा काँग्रेसको मतगणना सकिएपछि शेरबहादुर देउवाका प्रतिनिधि सुवास पोखरेल कुटिएका हुन् ।
अहिले मतगणनास्थलमा तनाव सिर्जना भएको छ भने देउवा र प्रहरीबीच हातहालाहाल भएको छ । दैनिक नेपाल डट कमबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved