काठमाडौं, चैत ९ । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारी आज पोखरा जाँदै छन् । पाँच दिने भ्रमणमा चैत ६ गते काठमाडौं आएका ह्यारी अहिले लमजुङमा छन् ।
नेपाली सेनाको हेलिकोप्टरबाट ह्यारी आज पोखरा विमानस्थल पुग्ने कार्यक्रम छ । त्यसपछि सिधै पोखराको ब्रिटिस गोर्खा क्याम्पमा जानुहुने छ ।
पोखरा
केआईसिंह पुलस्थित ब्रिटिस क्याम्पमा हुने कार्यक्रममै उनले वीरता र पराक्रममा ख्याति कमाएका गोर्खा सैनिकका परिवारजनसँग पनि भलाकुसारी गर्ने कार्यक्रम छ ।
पोखरामा चार घण्टा मात्र रहने ह्यारी दिउँसो साढे २ बजेसम्म क्याम्पभित्रकै कार्यक्रममा सहभागी भई दिउँसो सवा ३ बजे हेलिकोप्टरमार्फत् काठमाडौं फर्कने कार्यक्रम छ ।
नेपाल र बेलायतबीच कुटनीतिक सम्बन्ध स्थापना भएको दुई वर्ष पुगेको अवसर पारेर पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायती महारानीका प्रतिनिधिका रुपमा उनी नेपाल आएका हुन् ।Imagekhabar बाट
राजकुमार ह्यारी आज लमजुङबाट पोखरा जाने
Posted by Unknown
Posted on 11:14 PM
with No comments
Related News you might like to see :
Labels:
news
0 comments:
Post a Comment