Home » » प्रचारले कांग्रेस महाधिवेशन महँगो

प्रचारले कांग्रेस महाधिवेशन महँगो


नेपाली कांग्रेसको तेह्रो महाधिवेशन अघिल्ला महाधिवेशनभन्दा निकै खर्चिलो र भड्किलो देखिएको छ । पार्टीको औपचारिक खर्चभन्दा उम्मेदवारले गरेको खर्च दोब्बरभन्दा निकै बढी भएको महाधिवेशन प्रतिनिधि बताउँछन् । यसले महाधिवेशनमा उम्मेदवार हुनका लागि अबका दिनमा ठूलै धनराशि जोहो गर्नुपर्ने डरलाग्दो संस्कृति स्थापित हुने देखिएको छ ।
कांग्रेसले महाधिवेशनको सम्पूर्ण व्यवस्थापनमा ४ करोड खर्च हुने बताइए पनि उम्मेदवारले गरेको खर्च भने १० करोडभन्दा बढी भएको अनुमान गरिएको छ । ६४ पदका लागि ३१२ उम्मेदवार चुनावी मैदानमा छन् ।
मत माग्न प्रायः सबै उम्मेदवारले करिब ३२ सय महाधिवेशन प्रतिनिधिलाई एसएमएस पठाउनमै लाखौं खर्चिएका थिए । एउटै उम्मेदवारले महाधिवेशन प्रतिनिधि विजयी भएकोमा बधाइ दिन पटकपटक एसएमएस पठाएका छन् । News24Nepal.com बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved