Home » » बलिउड अभिनेत्री विपाशाले गरिन् इन्गेजमेन्ट

बलिउड अभिनेत्री विपाशाले गरिन् इन्गेजमेन्ट


मुम्बई – बलिउडमा एकपछि अर्का नायिकाहरुको बिहेको खबर सार्वजनिक हुदैँछ । अब बिहे गर्ने तयारीमा छिन्, विपाशा बासू । उनले करणसिंह ग्रोवरसँग इन्गेजमेन्ट गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विपाशाले गोप्य रुपमा इन्गेजमेन्ट गरेकी छिन् । यसअघि बलिउड अभिनेत्री प्रिटी जिन्टा र उर्मिला मातेडकारले पनि गोप्य रुपमा विवाह गरेका थिए । विपाशाले पनि त्यसरी नै विहे गर्न चाहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
शनिबार राती विपाशा र करण मुम्बईको एक स्पा सेन्टरमा मसाज गर्न गएका थिए ।यहाँबाट उनीहरु निस्किनासाथ केही फोटोहरु सार्वजनिक भए । त्यसपछि इन्गेजमेन्टको खबर फैलियो ।
सार्वजनिक भएको नयाँ फोटोमा विपाशाले औठीँ लगाएकी छिन् । यो इन्गेजमेन्टको औठी रहेको बताइएको छ ।स्पा सेन्टरबाट निस्कदा विपाशाले आफ्नो अनुहार हातले छोप्ने प्रयास गरेकी थिइन् । तर क्यामेरामा फोटोग्राफरहरुले उनलाई कैद गरिछाडे ।  यसअघि गत महिना विपाशा र करणले मार्चमा इन्गेजमेन्ट गर्ने खबर फैलिएको थियो ।
करण र विपाशा दुबैसँग नजिकको सम्बन्ध राख्ने एक साथिले यस्तो समाचार बाहिर ल्याएका थिए । तर विपाशाले खबर सत्य नभएको बताएकी थिइन् ।  उनले इन्गेजमेन्टमा विश्वास नलाग्ने भन्दै सिधै बिहे गर्ने बताएकी थिइन् । उनले आफ्ना फ्यानसामू बिहेको घोषणा गर्ने भन्दै आधिकारीक घोषणा कुर्न आग्रह गरेकी थिइन ।
सुटिङका दौरान प्रेममा
२०१५, जनवरीमा रिलिज भएको ‘अलोन’ चलचित्रको सुटिङका क्रममा विपाशा र करणबीच अफेयर सुरु भएको थियो ।त्यसपछि उनीहरु बलिउडका ठूला समारोहहरुमा सँगै देखिन्छन् ।
Ratopati बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved