पोखरा: जिस्म चलचित्र सुटिङ भइरहको अवस्थामा कास्की प्रहरीले नियन्त्रणमा लिएका मोडल अर्चना पनेरुसहित सुटिङ युनिटलाई प्रशासनले बुधबार उपस्थित हुनेगरि छाडेको छ ।
पोखराको छिनेडाँडास्थित खाल्टेमसीनामा जिस्म चलचित्रको सुटिङ भइरहेको अवस्थामा वडा प्रहरी कार्यालय रामबजारको टोलीले अर्चना र चलचित्र निर्देशक राजु गिरीसहित ९ जनालाई नियन्त्रण लिएको थियो ।
आफ्नो स्वीकृति नलिई चलचित्र सुटिङ गरेकाले चलचित्र विकास बोर्डबाट जिल्ला प्रशासन कार्यालय कास्कीलाई पत्र आएपछि अर्चना, निर्देशक, सहायक निर्देशक, प्रोडक्सन म्यानेजर र अर्चानाकी आमा सुनिता पनेरुलगायतलाई प्रक्राउ गरिएको थियो ।
उनीहरुलाई जिल्ला प्रशासन कार्यालयमा बुझाइएको वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षक वेदप्रसाद जोसीले जानकारी दिए ।
चलचित्र विकास बोर्डवाट स्विकृति नलिई फिल्म सुटिङ गरेको उनीहरुमाथि आरोप छ । फिल्म निर्देशक गिरी भने सबै प्रक्रिया पुरा गरे पनि बोर्डले पूवाग्रही भएर स्वीकृत नदिएकोले सुटिङ थालिएको बताए ।
पोर्नस्टार बन्ने लक्ष्य लिएर चर्चित बनेकी पनेरुलाई गिरीले आफ्नो फिल्ममा खेलाएका हुन् । उनीहरुलाई कास्कीका प्रमुख जिल्ला अधिकारीले हरिप्रसाद मैनालीले बयान लिएका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीले चलचित्र विकास बोर्डवाट स्वीकृति नलिई छायाँकनमा प्रयोग भएका सामान जफत गरि बुधवार उपस्थिती हुने शर्तमा नायिका पनेरुसहित सबै सुटिङ युनिटलाई छाडेको छ ।
चलचित्र जिस्मका निर्देशक गिरीले आफ्नो चलचित्रले सबै प्रक्रिया पु¥याएर चलचित्र विकास बोर्डमा दर्ता गराए पनि बोर्डका अध्यक्षले हस्ताक्षर नगरेर रोकेको बताए ।
आफ्नो चलचित्र बन्न नदिन राजनीति भएको उनले बताए । जिल्ला प्रशासन कार्यालय कास्कीमा भेटिएकी नायिका पनेरुले चारजनाले चलचित्र रोकेको बताउँदै आफ्नो लक्ष्य पुरा गरेरै छाड्ने बताइन् ।
पोर्न फिल्मबारे पत्रकारले सोधेको प्रश्नमा उनले पोर्न फिल्म खेल्ने लक्ष्य पनि पुरा गराई छाड्ने उनले बताइन् ।
अन्नपूर्ण पोस्ट्बाट
Home »
Entertainment
» अर्चना पनेरुसहितलाई कास्की प्रशासनले छाड्यो
अर्चना पनेरुसहितलाई कास्की प्रशासनले छाड्यो
Posted by Unknown
Posted on 8:13 AM
with No comments
Labels:
Entertainment
0 comments:
Post a Comment