घर आगलागी हुँदा खोटाङमा नगद रु पाँच लाखसहित १५ लाख बढीको क्षति भएको छ ।
जिल्लाको पश्चिमी गाविस महादेवस्थान–४ हलेसीका दलबहादुर बस्नेतका दुईवटा घर तथा घरमा राखिएको नगद रु पाँच लाखसहित अन्य सामग्री जलेर नष्ट हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको हो ।
सोमबार दिउँसो घरनजिकै बालेको आगोको झिल्को हावाले उडाएर छानामा पुर्याउँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले बताए । आगलागीमा नगद रु पाँच लाख, एउटा खसी, लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा, काठपातलगायत जलेर नष्ट भएको स्थानीयवासीले बताएका छन् ।
आगलागी सुरु भएलगत्तै इलाका प्रहरी कार्यालय हलेसीका टोली तथा शेरगण मुढे ब्यारेकका सेना र स्थानीयवासी घटनास्थल पुगेपनि पानी नहुँदा तत्काल आगो निभाउन नसकिएको स्थानीयवासीले बताएका छन् । उद्धार टोली तत्कालै घटनास्थलमा पुगेकाले अन्य घरमा आगो फैलन भने नपाएको स्थानीयवासीले बताएका छन् ।
आगलागीमा घरविहीन भएका छजनाको बस्नेत परिवार अहिले छिमेकीकामा आश्रय लिएर बसिरहेको प्रहरीले जनाएको छ ।Setopati बाट
आगलागीबाट २ घर ध्वस्त
Posted by Unknown
Posted on 8:52 PM
with No comments
Labels:
news
0 comments:
Post a Comment