Home » » अमेरिकी हवाई आक्रमण, १ सय ५० बिद्रोही मारिएको अमेरिकी सेनाको दावी

अमेरिकी हवाई आक्रमण, १ सय ५० बिद्रोही मारिएको अमेरिकी सेनाको दावी


अफ्रिकी मुलुक सोमालियामा अमेरिकाले गरेको हवाई आक्रमणमा एक सय ५० जना बिद्रोही लडाकुको ज्यान गएको छ । हवाई आक्रमणको क्रममा बिद्रोही संगठन अल शबाबका एक सय ५० भन्दा धेरै लडाकुको ज्यान गएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।
अल शबाबको तालिम केन्द्रमा लक्षित गरी आक्रमण भएको अमेरिकी सेनाका प्रवक्ता क्याप्नेट जेफ डेविसले बताएका छन् । अल शबाबको ठूलो आक्रमणको तयारीका लागि तालिम गरिरहेको स्थानमा हवाई आक्रमणको निशाना बनाइएको उनले बताए । अल शबाबका लडाकु तालिम केन्द्र छोडेर भाग्ने क्रममा रहेका बेला आक्रमण भएको अमेरिकी सेनाले जनाएको छ । ती लडाकु तालिम केन्द्रबाट भाग्न सफल भएको भए अमेकिरी तथा अफ्रिकन युनियनका सेनाका लागि खतरा बन्ने क्याप्टेन डेविसको भनाई छ । सोमालियाको राजधानी मोगादिशुबाट एक सय ९५ किलोमिटर उत्तरमा रहेको तालिम केन्द्रमा आक्रमण भएको हो । यो केन्द्रमा लामो समयदेखि निगरानी गरिएको थियो । अल कायदासँग सम्बद्ध अल शबाबलाई अफ्रिकन युनियनका शान्ति सेनाले सन् २०११ मा मोगादिशुबाट हटाएका थिए । तर अल शबाबले त्यसपछि पनि हिंसात्मक कारबाही गर्दै आएको छ । News24Nepal.com बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved