Home » » स्कुल बस र माइक्रो ठोक्किँदा मर्नेको संख्या ७ पुग्यो, २७ जना घाइते

स्कुल बस र माइक्रो ठोक्किँदा मर्नेको संख्या ७ पुग्यो, २७ जना घाइते


दाङ, पुस २२ । दाङको तुलसीपुरस्थित
सौडिकुलामा स्कुल बस र माइक्रोबस
ठोक्किँदा बुधबार बिहान भएको दुर्घटनामा
मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
मृत्यु हुनेमा दाङ त्रिपुर नगरपालिका–१ कि
२६ वर्षीया सपना अन्सारी, मानपुुरका
३० वर्षीय धनबहादुर थापा, ठेगाना खुल्न
नसकेकी २७ वर्षीया बसन्ती र सल्यान,
काभ्राका २ वर्षीय बालक हेमन्त विष्ट छन्

मृतकमध्ये ३ जनाको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा २७ जना घाइते भएका छन् ।
घाइतेहरुको राप्ती उपक्षेत्रीय अस्पताल
दाङमा उपचार भइरहेको छ भने गम्भीर
घाइतेहरुलाई नेपालगन्ज लगिएको छ ।
रा१क १९१ नम्बरको स्कुल बस र रा१ज ३७२
नम्बरको माइक्रोबस ठोक्किएर दुर्घटना भएको
हो ।
विद्यार्थी लिन घोराहीबाट
नारायणपुरतर्फ जाँदै गरेको पद्मोदय पब्लिक
स्कुलको बसमा विद्यार्थी भने नरहेको
प्रहरीले जनाएको छ ।
मृतक र र घाइते सबै माइक्रोबसका यात्रु रहेको
प्रहरीले जनाएको छ । बाक्लो हुस्सुका कारण
दुर्घटना भएको पनि प्रहरीले जनाएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved